close

क्रिमियालाई रुसबाट अलग्याएर युक्रेनको अङ्गको रुपमा देखाउन थाल्यो एप्पल म्याप्स

टेकपाना टेकपाना

फागुन २०, २०७८ १०:५०

क्रिमियालाई रुसबाट अलग्याएर युक्रेनको अङ्गको रुपमा देखाउन थाल्यो एप्पल म्याप्स

काठमाडौं । एप्पल म्याप्सको पछिल्लो अपडेटमा क्रिमियालाई युक्रेनको भूभागमा सामेल भएको देखाइएको छ । एप्पल म्यापले सन् २०१४ पश्चात् पहिलो पटक उक्त क्षेत्रको परिवर्तन गरेको हो ।

सन् २०१४ मा रुसले क्रिमियामाथि अतिक्रमण गरेको थियो । त्यसताका सुरुवाती समयमा एप्पलले क्रिमियालाई कुनै पनि देशसँग जोड्ने कुरालाई अस्वीकार गरेको  थियो ।

तर सन् २०१९ मा एप्पल म्याप्स र कम्पनीको लोकेसन प्रविधि प्रयोग गर्ने अन्य सेवाहरूमा क्रिमियालाई रुसको भूभागमा पारिएको थियो । तर अब भने एप्पल म्यापमा अन्तर्राष्ट्रिय रुपमा क्रिमिया कुनै पनि मुलुकसँग असम्बद्ध राखिएको छ ।

युक्रेनमाथिको रुसी आक्रमणको विरुद्ध खडा भएको एप्पलले यो पछिल्लो अग्रसरता देखाएको हो । यही मार्च १ मा एप्पलले रुसभित्र आफ्नो सबै अनलाइन बिक्री बन्द गर्ने घोषणा गरेको  थियो ।

यसका साथै कम्पनीले रुसका लागि हुने निर्यात समेत स्थगन गरेको छ । एप्पलका सीईओ टिम कुक र एप्पल दुवैतर्फबाट युक्रेनको पछिल्लो अवस्थालाई लिएर सार्वजनिक वक्तव्य जारी भएको छ । ”

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२