काठमाडौं । सानिमा बैंकका ग्राहकले अब नेपाल पे क्यूआरबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने भएका छन् ।
आजदेखि औपचारिक रूपमा सुरूवातमा आएको नेपालपे क्यूआर प्रणालीमा सानिमा बैंकको मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई बैंकिङ्ग पनि समायोजन भएको छ ।
यसअघि सानिमा बैंकको एपमा फोनपे क्यूआर प्रणाली एकीकृत भइसकेको छ । बैंकले नेपालपे क्यूआरका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँग सहकार्य गरेको हो ।
यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल कारोबार बढाउने अपेक्षा बैंकले गरेको छ ।