close

गुगल प्ले स्टोरमा ‘डेटा सेफ्टी’ फिचर, कुन एपले कस्तो डेटा लिन्छ भन्ने विषयमा जानकारी दिने

टेकपाना टेकपाना

बैशाख १४, २०७९ १९:१६

गुगल प्ले स्टोरमा ‘डेटा सेफ्टी’ फिचर, कुन एपले कस्तो डेटा लिन्छ भन्ने विषयमा जानकारी दिने

काठमाडौं । गुगलले प्ले स्टोरमा ‘डेटा सेफ्टी’ सेक्सन थप गरेको छ, जसको उद्देश्य कुनै पनि एप डाउनलोड गर्नुअघि प्रयोगकर्तालाई सुरक्षा र प्राइभेसीको विषयमा जानकारी दिनु हो ।

कुन एपले प्रयोगकर्ताको कस्तो डेटा संकलन गर्छ, कसरी सुरक्षित गर्छ र कहाँ प्रयोग गर्छ लगायतकाे जानकारी उक्त सेक्सनमा उपलब्ध हुने जनाइएको छ ।

‘हामीले हाल उपलब्ध गराउँदै आएको जानकारी पूर्ण नभएको भन्दै प्रयोगकर्ता र एप डेभलपरबाट गुनासो आएको थियो,’ गुगलको ब्लग पोस्टमा भनिएको छ, ‘त्यसैले छुट्टै सेक्सन बनाएर त्यसमा एपले संकलन गर्ने डेटाको बारेमा सम्पूर्ण जानकारी दिइएको हो ।’

गुगलका अनुसार नयाँ सेक्सनमा कुनै पनि एपले लिने प्रयोगकर्ताको जानकारी, त्यसरी लिएको जानकारी किन लिइएको हो, त्यस्ता जानकारी अन्य थर्ड पार्टी एपलाई उपलब्ध गराउँछ/गराउँदैन भन्ने सम्पूर्ण जानकारी उपलब्ध हुनेछ ।

त्यो हुँदा प्रयोगकर्तालाई एप डाउनलोड गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिन मद्दत पुग्ने अपेक्षा कम्पनीको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२