close

ह्वावेले नेपालमा १० दिनमै तयार पार्‍यो तीन तले मोडुलर डेटा सेन्टर 

टेकपाना टेकपाना

असार २०, २०७९ २०:३०

ह्वावेले नेपालमा १० दिनमै तयार पार्‍यो तीन तले मोडुलर डेटा सेन्टर 

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले नेपालमा १० दिनमै डेटा सेन्टर स्थापना गर्न सफल भएको छ । कम्पनीले काठमाडौंको स्युचाटारमा तीन तले डेटा सेन्टर जडानको काम सम्पन्न गरेको हो । 

ह्वावे नेपालका अनुसार यो मोडुलर डेटा सेन्टरमा २४ ओटा प्रि-फ्याब्रिकेटेड मोडुलर खडा गरिएको छ । कम्पनीले सामाजिक सञ्जालमार्फत डेटा सेन्टर राख्ने तथा होस्टिङ गर्ने कार्यमा नयाँ रकर्ड राख्न पाउँदा गर्व महसुस भएको उल्लेख गरेको छ ।

अमेरिकी प्रतिबन्धको सामना गरिरहेको ह्वावेले पछिल्ला वर्षहरूमा आफ्नो सेवालाई क्लाउड, होस्टिङ, लगायतका डिजिटल सोलुसन्सको रूपमा आफ्नो सेवा विस्तार गरिरहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३