काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सरकारी डेटा सेन्टर गुणस्तरीय नभ/नभएको कुनै प्रमाणिकरण नभएको जनाएको छ । बुधबार महालेखा परीक्षकको ५९ औँ प्रतिवेदन सार्वजनिक गर्दै महालेखा परीक्षकको कार्यालयले तत्कालै अन्तर्राष्ट्रिय स्वतन्त्र निकायबाट गुणस्तर परिक्षण लिन समेत सुझाव दिएको हो ।
डेटा सेन्टरले प्रदान गर्ने सेवाको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गराई गुणस्तर निर्धारण गरेको हुनुपर्छ । महालेखाले जारी गरेको प्रतिवेदनमा भनिएको छ, ‘एकीकृत डाटा केन्द्र र हेटौंडास्थित डिजास्टर रिकभरी केन्द्रले सञ्चालन प्रक्रिया, पूर्वाधार विकास, सुरक्षा पहुँच र नियन्त्रण र गुणस्तर सम्बन्धी राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्वतन्त्र निकायबाट गुणस्तर परीक्षण गराएको छैन् ।’
यसका साथै आईएसओ मापदण्डअनुसार स्तर निर्धारण प्रमाणपत्र समेत लिएको पाइएन । यस्तोमा सरकारी एकीकृत डेटा केन्द्र र डिजास्टर रिकभरी केन्द्रले प्रदान गर्ने सेवाको गुणस्तर सुनिश्चित गर्न मान्यता प्राप्त स्वतन्त्र निकायबाट गुणस्तर परीक्षण गराउनुपर्ने सुझाव महालेखाले दिएको छ ।