close

२० हजार डलरभन्दा तल झर्‍यो बिटक्वाइनको मूल्य

टेकपाना टेकपाना

भदौ १३, २०७९ १६:४४

२० हजार डलरभन्दा तल झर्‍यो बिटक्वाइनको मूल्य

काठमाडौं । क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य २० हजार डलरभन्दा पनि तल झरेकाे छ । यो समाचार तयार पार्दासम्म बिटक्वाइनको मूल्य १९,८०० डलरको हाराहारीमा छ ।

यो मूल्य गएको छ हप्ताकै सबैभन्दा कम हो । फोर्ब्समा प्रकाशित एक समाचारका अनुसार बिट्क्वाइनको तल झर्ने क्रम जारी छ ।

बिट्क्वाइनको मूल्य २०,००० डलरभन्दा माथि गएको केही समय पनि नबित्दै पुनः खस्किएकाे हाे ।

पछिल्लो केही महिनामा गुगलको ट्रेन्डमा पनि बिटक्वाइनको स्थान खस्कँदो छ । मानिसहरूले गुगलमा बिटक्वाइन शब्द निकै कम खोज्न थालेका छन् ।

यसैगरी अन्य क्रिप्टोकरेन्सीमा इथरको मूल्य पनि १,५०० डलर भन्दा तल झरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३