close

पर्यटक चन्द्रमा लैजाने नासाको रकेट परीक्षण प्रक्षेपण हुँदै, यसरी हेर्नुहोस् लाइभ

टेकपाना टेकपाना

भदौ १३, २०७९ १८:८

पर्यटक चन्द्रमा लैजाने नासाको रकेट परीक्षण प्रक्षेपण हुँदै, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । चन्द्रमामा मानव पठाउने याेजना अनुसार नासाले आज रकेटकाे प्रक्षेपण गर्दैछ । ‘स्पेस लन्च सिस्टम’ (एसएलएस) नाम रहेको याे रकेट नासाले निर्माण गरेको अहिलेसम्मकै शक्तिशाली रकेट हो ।

केनेडी अन्तरिक्ष केन्द्रबाट नेपाली समयअनुसार साँझ ६ः१८ मिनेटमा उक्त रकेट उड्ने बताइएको छ, जसको मुख्य उद्देश्य भनेको नै ओरियन (Orion) भनिने ‘परीक्षण क्याप्सुल’लाई पृथ्वीभन्दा टाढा पठाउनु हो ।

उक्त अन्तरिक्षयान चन्द्रमाको ठूलो कक्ष परिक्रमा गर्दै छ हप्तापछि प्रशान्त महासागरमा खस्ने बताइएको छ ।

यो पहिलो परीक्षण उडानमा भने मानव हुने छैनन् । तर, यदि परीक्षण सफल भयो भने भविष्यमा यसै रकेटमा अन्तरिक्षयात्रीहरू चन्द्रमामा जानेछन् ।

योजना अनुरूप नै परीक्षण सफल भएमा सन् २०२४ सम्ममा नासाले चन्द्रमामा मानिस पठाउने लक्ष्य राखेकाे छ ।

यसरी हेर्नुहाेस् लाइभ

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३