close

धरानमा अब अनलाइनबाटै नक्सा पास गर्न सकिने

टेकपाना टेकपाना

भदौ १७, २०७९ १५:२२

धरानमा अब अनलाइनबाटै नक्सा पास गर्न सकिने

काठमाडौं । धरान उपमहानगरपालिकामा अब अनलाइनबाटै नक्सा पास गर्न सकिने भएकाे छ । इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपिएस) कार्यान्वयनममा ल्याउँदै उपमहानगरपालिकाले सेवाग्राहीलाई अनलाइनबाटै नक्सा पास गर्न सकिने सुविधा उपलब्ध गराएको हो ।

उपमहानगरलाई कागतजातविहीन बनाउने अवधारणाअनुसार यसको सुरुवात गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालले जानकारीलाई बताए ।

“गत बुधाबारबाटै यो सेवाको सुरुवात गरिएको हो । हालसम्म अनलाइन प्रणालीमार्फत दुई ओटा नक्सा पास सम्पन्न भइसकेको छ,’ टेकपानासँगकाे कुराकानीमा रिजालले भने ।

सुरुवाती चरण भएकाले सिस्टमबाट पास गर्ने प्रक्रिया केही ढिलाइ भएता पनि विस्तारै लयमा आउने रिजालले बताए ।

“हाल कागजी रुपमा उपलब्ध १७ हजार डकुमेन्टलाई डिजिटाइज गर्नुपर्ने छ,” उनले भने, “डिजिटाइजको काम सम्पन्न भएसँगै सिस्टम अझ बढी प्रभावकारी हुनेछ ।”

यो सेवा सुरु भएसँगै नक्सा पासको लागि कुनै पनि कागजी प्रक्रिया आवश्यक नपर्ने भएको छ ।

“ईभीपिएस सफ्टवेयर प्रयोग गरि सेवाग्राहीले आफ्नो निवेदन र इन्जिनियरले बनाएको घर नक्साको डिजाइन अनलाइनमार्फत सोझै नक्सा शाखामा पठाउन सकिनेछ । त्यसैका आधारमा उपमहानगरले अनलाइनबाटै निवेदन स्वीकृत गर्नेछ । हस्ताक्षरसम्मको सबै काम सिस्टममार्फत नै गर्न सकिने हुने सेवाग्राहीले कार्यालयमा आएर एउटा कोठाबाट अर्को कोठा धाउनुपर्ने अवस्थाको समेत अन्त्य भएको छ,” उनले भने । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३