close

रूस विरुद्धको युद्धमा स्टारलिंक इन्टरनेट अवरुद्ध भएको युक्रेनी सेनाको रिपोर्ट

टेकपाना टेकपाना

असोज २२, २०७९ ११:४८

रूस विरुद्धको युद्धमा स्टारलिंक इन्टरनेट अवरुद्ध भएको युक्रेनी सेनाको रिपोर्ट

काठमाडौं । युक्रेनी सेनाहरूले स्टारलिंकको नेटवर्क भएका आफ्ना डिभाइसहरू बन्द भएको रिपोर्ट गरेका छन् । यसले गर्दा रूसी सेनाबाट आफ्नो क्षेत्र मुक्त गर्ने प्रयासमा बाधा पुगेको उनीहरूले बताएका छन् ।

एलन मस्कको स्वामित्वमा रहेको स्पेसएक्सले युक्रेनलाई रुसविरुद्धको लडाइँको लागि स्टारलिंकका टर्मिनलहरू मार्फत इन्टरनेट सेवा उपलब्ध गराएको थियो । यसले युक्रेनी सेनालाई ड्रोनहरू सञ्चालन गर्न, महत्त्वपूर्ण गोप्य अपडेटहरू प्राप्त गर्न र त्यहाँका क्षेत्रहरूमा एक-अर्कासँग सञ्चार गर्न मद्दत गरिरहेको थियो ।

साथै स्पेसएक्सले एउटा सानो एन्टेनालाई ३५ सेन्टिमिटर अग्लो टर्मिनलमा जडान गरिएको प्रणालीमार्फत युक्रेनी नागरिकलाई इन्टरनेट पनि उपलब्ध गराइरहेकाे थियाे । तर अहिले यो सेवा अवरुद्ध भएपनि कम्पनीले आधिकारिक कारण भने दिइसकेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २२, २०७९ १४:५१