close

नेपाल लाइफ इन्स्योरेन्सको मोवाइल एप सार्वजनिक

टेकपाना टेकपाना

असोज ३०, २०७९ १७:४४

नेपाल लाइफ इन्स्योरेन्सको मोवाइल एप सार्वजनिक

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र आईओसका लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । 

कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौँमा आयोजित एक समारोहका बिच  इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मोवाइल एप्लिकेसनलाई डाउनलोड गरी उक्त एप सार्वजनिक गरेका हुन् । 

ग्राहक र अभिकर्ता दुबैको लागि यो एप्लिकेसन सार्वजनिक गरिएको हो । एपलाई एप स्टोर वा प्ले स्टोरबाट डाउनलोड गरी आफ्नो रजिस्टर्ड फोन नम्बरको माध्यमबाट दर्ता गरि लगइन गर्न सकिने छ । आफू अभिकर्ता वा बीमित छनौट गरि आफ्नो प्रोफाइल एड गर्न सकिनेछ । 

त्यस्तै एप्लिकेसनमा एकै जनाको एक भन्दा बढी बीमालेख भएमा सबैलाई लिस्ट गर्न सकिनेछ । आफ्नो बीमालेख प्रोफाइलमा एड गरे पश्चात आफ्नो बीमा सँग सम्बन्धित सम्पूर्ण जानकारी एकै ठाँउमा सरल तथा सहज तवरले प्राप्त गर्न सकिने बताइएको छ ।

साथै एपमा अन्य सुविधाको रुपमा प्रिमियम हिसाब, बीमा योजनाको जानकारी, शाखा तथा उपशाखाहरुको स्थान तथा सम्पर्क नम्बर तथा यस इन्स्योरेन्सले सार्वजनिक गरेको जानकारी मुलक, तथा मनोरञ्जनात्मक श्रव्य दृश्य सामग्रीहरु पढ्न तथा हेर्न सकिने छ ।  

हाल इन्स्योरेन्सले ल्याएको एपलाई समयानुकूल स्तरवृद्धि गर्दै ग्राहकलाई जीवन बीमा सम्बन्धी सम्पूर्ण सुविधाहरु चुस्त दुरुस्त तरिकाले एकद्वार नीतिको अबलम्बन गर्दै सेवा प्रवाह गर्ने प्रतिबद्धता नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए । 

पछिल्लो अध्यावधिक: असोज ३०, २०७९ १८:२१