close

चार गुणाले बढ्यो विद्युतीय कार निर्माता बीवाईडीको नाफा

टेकपाना टेकपाना

कात्तिक १, २०७९ १८:१२

चार गुणाले बढ्यो विद्युतीय कार निर्माता बीवाईडीको नाफा

काठमाडौं । चीनको सबैभन्दा ठूलो विद्युतीय कार निर्माता बीवाईडीको नाफा चार गुणाले बढेको छ । हालै कम्पनीले सन् २०२२ को तेस्रो त्रैमासिक प्रतिवेदन प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो ।

जुलाईदेखि सेप्टेम्बरसम्म कम्पनीले ५.५ देखि ५.९ अर्ब युआन अर्थात् ८२० मिलियन अमेरिकी डलरको बीचमा खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६५.१ प्रतिशतले बढी हो ।

योसँगै कम्पनीको शेयर मूल्य चार प्रतिशतले बढेको छ । बीवाईडीमा अमेरिकी धनाढ्य बारेन बफेटको कम्पनी ह्याथवेको १९ प्रतिशत लगानी रहेको छ ।

कम्पनीका अनुसार गत वर्षको तुलनामा विद्युतीय कारको बिक्री २५० प्रतिशतको हाराहारीमा बढेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १, २०७९ १८:१३