close

केपी ओलीले सर्वसाधारणसँग फोनमा कुरा गर्ने

टेकपाना टेकपाना

कात्तिक १, २०७९ २१:३८

केपी ओलीले सर्वसाधारणसँग फोनमा कुरा गर्ने

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग कात्तिक ४ गते फाेनमा कुरा गर्न सकिने भएकाे छ ।

उनले आफ्नाे आधिकारिक फेसबुक पेजबाट उक्त कुराकाे जानकारी दिएका हुन् ।

‘कात्तिक ४ गते, म तपाईंको सम्पर्कमा हुनेछु। आउनुस् कुरा गरौं,’ उनले लेखेका छन् ।

साथै उनले आफ्नाे आधिकारिक पेजमा नम्बर पठाउन समेत अनुराेध गरेका छन् ।

पछिल्लाे समयमा उनी सामाजिक सञ्जालमा सक्रिय हुन थालेका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १, २०७९ २१:४१