युवालाई प्रलोभन देखाएको भिडिओ भाइरल भएपछि अनुसन्धानमा तानिए माधवकुमार नेपाल
कात्तिक ३, २०७९ १५:५९
काठमाडौं । युवालाई विदेश पठाउन सहयोग गर्छु भनेको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन आचारसंहिता उल्लंघनकाे आरोप लागेको छ ।
आफ्नो चुनाव क्षेत्र रौतहट-१ मा हालै आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले दिएको अभिव्यक्ति यतिखेर फेसबुक, टिकटक, युट्युब लगायतका विभिन्न सामाजिक सञ्जालमा भाइरल बनेकाे छ ।
नेपालले आफूले गरेको कामको विवरण सुनाउने क्रममा वैदेशिक रोजगारीमा जानेलाई फ्रि भिसा फ्रि टिकट सुरु भएको बताएका थिए ।
"बिना ढेवा के भिसा मिलते हैं, टिकट मिल्ते हैं, काठमाडौं तालिम मिल्ते है," भन्दै उनले त्यहाँका स्थानीय युवालक्षित दिएकाे अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेपछि निर्वाचन आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीले अध्ययन तथा अनुसन्धान गरेको थियाे ।
@mishra_prince99 Free ticket free Visa. ☺️ Madhav Nepal Aaraju Deuwa !! 😄 #fyp #fyp #freeticket #freevisa #dv #edv #usa #rautahat #kathmandu #duet #nepal #nepalelection2079🇳🇵 #election2022 #madhavnepal #mishra_prince99 #princemishra❤ #princemishra😈 #princemishra_facebook #princemishra143_twitter #prince_mishra_143_instagram #mishraprince #princemishra99 #funny #politics #fyp #fun #comedу #prabhushah #mithilapradesh🙏🙏user #mithilapradesh❤️ #madesh #madeshi_girl_1 #terai #election ♬ original sound - Prince Mishra
मतदातालाई प्रलोभनमा पारी वक्तव्य दिएको भन्दै बिहीबार आयोगले उनलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (४) को खण्ड (च) मा कुनै किसिमले लोभ लाल देखाउने वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था छ ।
ऐनको दफा २० को उपदफा (४) उपदफा (१) को खण्ड (च) विपरीतको कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा र २ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ भन्ने व्यवस्था छ ।
सोही भाइरल भिडिओलाई आधार बनाउँदै नेपाललाई कारबाहीका लागि रौतहट प्रहरीलाई पत्र पठाइसकेको आयोगले जानकारी दिएकाे छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०७९ १६:२३
