close

अर्को व्यक्तिलाई थाहै नदिई कल रेकर्ड गर्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

कात्तिक १७, २०७९ १३:२०

अर्को व्यक्तिलाई थाहै नदिई कल रेकर्ड गर्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । कतिपय अवस्थामा हामीले स्मार्टफाेनमा गोप्य रूपमा कल रेकर्ड गर्नुपर्ने हुन्छ । स्मार्टफोनमा पनि विशेषगरी केही एन्ड्रोइड डिभाइसबाट कल रेकर्ड गर्दा अर्को व्यक्तिलाई सो कल रेकर्ड हुन लागेको जानकारी जान्छ । त्यसका लागि हामीले अनुमति लिनुपर्ने हुन्छ । त्यस्तै कुरा सुरु हुनुअघि रेकर्ड हुँदै छ भन्ने भयो भने मान्छे खुलेर बोल्न चाहँदैन । त्यसैले पनि कतिपय कल गोप्य रूपमा रेकर्ड गर्नुपर्ने हुन्छ ।

केही एन्ड्रोइड फोनमा कल रेकर्ड गर्दा अर्को व्यक्तिलाई कुनै किसिमको जानकारी जाँदैन । तर, गुगलको 'फोन एप' डिफल्ट रूपमा उपलब्ध भएको फोन छ भने कल गर्दा अर्को व्यक्तिलाई कल रेकर्ड हुन लागेको र रेकर्ड बन्द भएको जानकारी जान्छ । आज हामी कल रेकर्ड गर्दा रेकर्ड भइरहेको सूचना दिने आवाज कसरी बन्द गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ ।

यसका लागि हामीले थर्ड पार्टी एपको सहयोग लिनुपर्ने हुन्छ । याे एपले टेक्स्ट-टु-स्पिचको सेटिङमा मात्र पहुँच पाउने भएकाले डेटा चोरी हुनेबारे सोचिरहनु पर्दैन । गुगलको टेक्स्ट-टु-स्पिच फिचरले गर्दा कल रेकर्ड गर्दा अर्को व्यक्तिले कल रेकर्ड भइरहेको जानकारी पाउँछ ।

कल रेकर्ड गर्दा अर्को व्यक्तिले उक्त जानकारी नपाओस्  भन्ने चाहनुहुन्छ भने तलको प्रक्रिया अपनाउनुहोस्स्:

-सबैभन्दा पहिले यहाँ क्लिक गरेर वा गुगल प्ले स्टोरमा टीटीएसएलईएक्सएक्स (TTSLexx) एप डाउनलोड गर्नुहोस् ।

-त्यसपछि मोबाइलको सेटिङमा गएर सर्च बारमा टेक्स्ट-टु-स्पिच (Text-to-speech) सर्च गर्नुहोस् ।

-अब टेक्स्ट-टु-स्पिच आउटपुटको अप्सन छान्नुहोस् ।

-त्यहाँ गएर सबैभन्दा माथि रहेको प्रिफर्ड इन्जिनमा जानुहोस् र TTSLexx अप्सन छान्नुहोस् ।


त्यसपछि डिभाइसमा भएको फोन एपलाई क्लिक गरेर केहीबेर होल्ड गर्नुहोस् ।

अब एप इन्फोमा जानुहोस् । त्यहाँ गएर क्लियर अल डेटामा ट्याप गरी डेटा हटाउनुहोस् । (डेटा क्लियर गर्दा त्यहाँ भएका फोन नम्बर केही हुँदैन ।)

\

 

-त्यसपछि डिभाइस रिस्टार्ट गर्नुहोस् ।

-यति गरेपछि कल रेकर्ड गर्दा अर्को व्यक्तिलाई कुनै किसिमको जानकारी जाँदैन । निर्धक्क भएर कल रेकर्ड गर्नका लागि यो उपाय अपनाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १७, २०७९ १५:५५