close

अब टम्ब्लरमा आफ्नो नाङ्गो फोटो पोस्ट गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक १८, २०७९ २२:४७

अब टम्ब्लरमा आफ्नो नाङ्गो फोटो पोस्ट गर्न सकिने

काठमाडौं । माइक्रोब्लगिङ साइट टम्ब्लरमा अब पुनः आफ्नो नाङ्गो फोटो राख्न पाइने भएको छ । चर्काे विरोध भएपछि यस प्लेटफर्मले सन् २०१८ मा अश्लील फोटोहरूमाथि प्रतिबन्ध लगाएको थियो ।

कम्पनीले यही साता नयाँ गाइडलाइन्स सार्वजनिक गर्दै प्रयोगकर्ताले अश्लील तथा यौनजन्य सामग्री शेयर गर्न पाउने व्यवस्था ल्याएको हाे । तर, यस प्लेटफर्ममा अश्लील भिडिओ शेयर गर्न भने पाइने छैन ।

यदि तपाईँले लामो समयसम्म टम्ब्लर अकाउन्ट डिएक्टिभेट गर्नुभएको थियो भने अकाउन्ट एक्टिभेट गर्दा नयाँ नियम आत्मसात् गर्नुपर्ने छ ।

प्रयोगकर्तालाई टम्ब्लरले अश्लील सामग्री शेयर गर्न केही सीमा तोकेको छ । गत सेप्टेम्बरमा टम्ब्लरले आफ्नो प्लेटफर्ममा 'कम्युनिटी लेबल्स' घोषणा गरेको थियो, जसका माध्यमबाट प्रयोगकर्ताले आफ्नो फिडमा कस्तो कन्टेन्ट हेर्ने भनेर मिलाउन सक्थे ।

यो साता भने अश्लील वा यौनजन्य सामग्रीमा रुचि नभएका प्रयोगकर्ताका लागि पोस्ट फिल्टर गर्नसक्ने फिचर उपलब्ध गराएको छ । यदि यौनजन्य सामग्री वा अश्लीलतातर्फ रुचि भएमा आफ्नो ट्यागमा 'म्याच्युअर' वा 'सेक्सुअल थिम' राख्नुपर्ने कम्पनीले जनाएको छ ।

टम्ब्लरको नयाँ नीतिअनुसार पोस्टको लिङ्क वा एडल्ट एड्ससँग सम्बन्धित विज्ञापन राख्ने प्रयोगकर्ता वा कम्पनीलाई प्लेटफर्मबाट हटाइने छ ।

सन् २०१८ मा उक्त प्लेटफर्मबाट न्युडिटी (नङ्ग्नता) माथि प्रतिबन्ध लागेसँगै तीन चौथाइ प्रयोगकर्ता उक्त प्लेटफर्म छोडेर बाहिरिएका थिए ।

हाल यस प्लेटफर्ममा १३ करोड ५० लाख बढी सक्रिय मासिक प्रयोगकर्ता रहेका छन्, जसमध्ये २५ वर्षभन्दा कम उमेर समूहका मात्रै ४८ प्रतिशत भन्दा धेरै छन् ।

 

पछिल्लो अध्यावधिक: कात्तिक १८, २०७९ २२:४७