close

३९ लाख पुरस्कार राशिको पब्जी प्रतियोगिता हुँदै, यसरी गर्नुहोस् टिम दर्ता

टेकपाना टेकपाना

कात्तिक २१, २०७९ २०:३८

३९ लाख पुरस्कार राशिको पब्जी प्रतियोगिता हुँदै, यसरी गर्नुहोस् टिम दर्ता

काठमाडाैं । पब्जीले नेपाली खेलाडीलाई लक्षित गरी करिब ३९ लाख रूपैयाँ पुरस्कार राशिको प्रतियोगिता गर्ने भएको छ । 'पब्जी मोबाइल नेसनल च्याम्पियनशिप' नाम दिइएको यो प्रतियोगिता नेपालमा दोस्रो पटक हुन लागेकाे हाे ।

गत संस्करणकाे प्रतियोगिताको उपाधि 'रअ ई-स्पोर्ट्स'ले जितेको थियो । त्यस्तै उपविजेता 'ज्यानमारा ई-स्पोर्ट्स' बनेको थियो । यो प्रतियोगिताका लागि २४ नोभेम्बरसम्म अनलाइन दर्ता गर्न सकिने छ ।

यो प्रतियोगिता ईन-गेम क्वालिफायर, अनलाइन क्वालिफायर राउन्ड वान, अनलाइन क्वालिफायर राउन्ड टु, ग्रुप स्टेज, सेमिफाइनल र फाइनल गरी कुल छ चरणमा हुँदैछ ।

यसमा केही टिमहरु पब्जी मोबाइल क्लब ओपन र पब्जी मोबाइल नेपाल सिरिजमा गरेको प्रदर्शनको आधारमा छनाेट भएका छन्, जसमा डीआरएस गेमिङ, ट्रेन टु किल, गोजा ई-स्पोर्ट्स, डीई ग्याङस्टर र फो नेपाली बोइज रहेका छन् ।

अन्य टिमको भने अझै टुङ्गो लाग्न बाँकी नै छ ।

यो प्रतियोगिताको विजेताले १० हजार डलर (करिब १३ लाख ), उपविजेताले पाँच हजार डलर (करिब साढे छ लाख) र तेस्रो हुने टिमले ३५ सय डलर (करिब चार लाख ५५ हजार) हात पार्नेछन् । 

आफ्नो टिम दर्ता गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: कात्तिक २१, २०७९ २०:३८