close

टेलिकमको अवरूद्ध अप्टिकल फाइबर सेवा २४ घण्टापछि सञ्चालनमा

टेकपाना टेकपाना

कात्तिक २२, २०७९ १४:३०

टेलिकमको अवरूद्ध अप्टिकल फाइबर सेवा २४ घण्टापछि सञ्चालनमा

काठमाडौं । अप्टिकल फाइबरमा समस्या आउँदा तीन जिल्लामा नेपाल टेलिकमको सेवा दिनभर अवरुद्ध भएको छ ।

सगरमाथा राजमार्गको दिक्तेल-गाईघाट सडक खण्डमा पर्ने रेग्मीटार आसपासमा जडान गरिएको फाइबरमा क्षति पुगेपछि खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गामा आइतबार र सोमबार टेलिकमको सेवा अवरुद्ध भएको हो ।

आइतबारदेखि आएको यो समस्या सोमबार दिउँसो ३ बजे समाधान गरिएको नेपाल टेलिकम खोटाङका कार्यालयका प्रमुख खगेन्द्र बलम्पाकीले जानकारी दिए ।

“फाइबर लिंकमा क्षति पुगेपछि आइतबार टेलिकमको टेलिफोन सेवा प्रभावित भएको थियो । आवश्यक मर्मत सम्भारपछि सेवा पुनः सञ्चालनमा आएको छ,”  उनले भने ।

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०७९ १५:१७