close

पब्जी विश्वकप खेल्न मलेसिया उड्यो नेपाली टिम 'स्काइलाइट गेमिङ'

टेकपाना टेकपाना

कात्तिक २६, २०७९ १५:१

पब्जी विश्वकप खेल्न मलेसिया उड्यो नेपाली टिम 'स्काइलाइट गेमिङ'

काठमाडौं । मलेसियामा जारी पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपका लागि दोस्रो नेपाली टिम स्काइलाइट गेमिङ आज मलेसिया प्रस्थान गरेको छ । प्रतियोगिताको 'ग्रीन ग्रुप' मा रहेको यो टोलीको खेल नोभेम्बर १७ बाट सुरु हुनेछ ।

यसैका लागि टोली आज नेपालबाट मलेसियाको लागि हिँडेको हो । टोलीमा हाल अजय श्रेष्ठ (एजे), उगेन लामा (माफिया निन्जा), अन्जन राई (मिस्टर बोरो) र निमा तामाङ (निमा) लगायतका खेलाडी छन् ।

टोलीले नोभेम्बर १७ बाट खेल खेल्नेछ । विश्वभरबाट ५१ टिम सहभागी प्रतियोगितामा नेपालबाट डीआरएस गेमिङ, ट्रेन टु किल र स्काइलाइट गेमिङ गरी तीन टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

यसमध्ये डीआरएस मलेसिया गएर १२ खेल खेलिसकेको छ भने ट्रेन टु किल नोभेम्बर २४ देखि सुरु हुने खेलका लागि मलेसिया जाने तयारीमा छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०७९ १५:१