close

राहुल गान्धीको कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेको भिडिओ सामाजिक सञ्जालमा भाइरल

टेकपाना टेकपाना

मंसिर १, २०७९ १४:३३

राहुल गान्धीको कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेको भिडिओ सामाजिक सञ्जालमा भाइरल

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको कार्यक्रममा नेपालको राष्ट्र गान बजेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 'भारत जोडो' यात्रामा निस्किएका गान्धी महाराष्ट राज्यकाे वासिममा बुधबार भएकाे कार्यक्रममा सरिक भए ।

गान्धीले सुरूमा प्राविधिक टोलीलाई राष्ट्र गान बजाउन निर्देशन दिन्छन् । लगत्तै नेपालको राष्ट्रिय गान बज्न थाल्छ । त्यसलाई रोकेर उनले पुनः भारतीय राष्ट्रिय गान बजाउन निर्देशन दिए । त्यसपछि पनि केहीबेर नेपालको राष्ट्रिय गान गुञ्जिन्छ ।

यसपछि मात्र भारतको राष्ट्र गान ‘जन-गण-मन अधिनायक जय हे, भारत भाग्य विधाता’ बज्छ । याे दृश्य कैद भएकाे भिडिओ अहिले भारतसहित नेपालमा भाइरल बनिरहेकाे छ ।

सामान्य प्राविधिक त्रुटिले गर्दा अहिले राहुल गान्धी सामाजिक सञ्जालमा ट्रोलको शिकार भएका छन् । केहीले त गान्धीले भारतलाई पनि नेपालमा गाभे भन्दै मजाक उडाएका छन् । 

 

पछिल्लो अध्यावधिक: मंसिर १, २०७९ १४:३३