राहुल गान्धीको कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेको भिडिओ सामाजिक सञ्जालमा भाइरल
मंसिर १, २०७९ १४:३३
काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको कार्यक्रममा नेपालको राष्ट्र गान बजेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 'भारत जोडो' यात्रामा निस्किएका गान्धी महाराष्ट राज्यकाे वासिममा बुधबार भएकाे कार्यक्रममा सरिक भए ।
गान्धीले सुरूमा प्राविधिक टोलीलाई राष्ट्र गान बजाउन निर्देशन दिन्छन् । लगत्तै नेपालको राष्ट्रिय गान बज्न थाल्छ । त्यसलाई रोकेर उनले पुनः भारतीय राष्ट्रिय गान बजाउन निर्देशन दिए । त्यसपछि पनि केहीबेर नेपालको राष्ट्रिय गान गुञ्जिन्छ ।
यसपछि मात्र भारतको राष्ट्र गान ‘जन-गण-मन अधिनायक जय हे, भारत भाग्य विधाता’ बज्छ । याे दृश्य कैद भएकाे भिडिओ अहिले भारतसहित नेपालमा भाइरल बनिरहेकाे छ ।
सामान्य प्राविधिक त्रुटिले गर्दा अहिले राहुल गान्धी सामाजिक सञ्जालमा ट्रोलको शिकार भएका छन् । केहीले त गान्धीले भारतलाई पनि नेपालमा गाभे भन्दै मजाक उडाएका छन् ।
Here is the full video: 1 min of entertainment & 57 seconds of respect.
— Facts (@BefittingFacts) November 17, 2022
•Rahul Gandhi asked to play national SONG.
•They played national anthem of Nepal.
•They stopped and played national ANTHEM of India.
•But they were actually playing all 5 paragraphs of Jan Gan Man 😭 pic.twitter.com/V4o0nH3WxW
पछिल्लो अध्यावधिक: मंसिर १, २०७९ १४:३३
