close

सजिलो सेवा अब पोखरामा पनि, प्लम्बिङदेखि कम्प्युटर मर्मतसम्मको सेवा घरमै पाइने

टेकपाना टेकपाना

मंसिर १९, २०७९ १०:१

सजिलो सेवा अब पोखरामा पनि, प्लम्बिङदेखि कम्प्युटर मर्मतसम्मको सेवा घरमै पाइने

काठमाडौं । डिजिटल सर्भिस मार्केटप्लेस ‘सजिलो सेवा’ले पोखरामा पनि आफ्नो सेवा विस्तार गरेको छ । अब पोखराका सेवाग्राहीहरुले पनि सजिलो सेवाको एप प्रयोग गरेर विभिन्न घरायसी सेवाहरु जस्तै प्लम्बिङ, इलेक्ट्रिकल, देखि होम सलून सम्म एकै ठाउँमा प्राप्त गर्न सक्नेछन् । 

सन् २०१७ देखि  काठमाडौँ उपत्यका भित्र सञ्चालनमा आएको यो सेवाले ५०,००० भन्दा धेरै अर्डर सम्पन्न गरिसकेको कम्पनीले जनाएको छ । कम्पनीका सेल्स तथा मार्केटिङ प्रमुख कविश भक्त श्रेष्ठका अनुसार सजिलो सेवाले सन् २०२७ सम्म देशभर १०,००० भन्दा धेरै युवाहरुलाई रोजगारी प्रदान गर्ने योजना बनाएको छ । 

हाल कम्पनीले २५० भन्दा धेरै सेवाप्रदायक मार्फत ५० भन्दा धेरै सेवा प्रदान गर्दै आइरहेको छ । पर्यटकिय क्षेत्र भएको हिसाबले यो सेवा पोखराका लागि धेरै सान्दर्भिक हुने कम्पनीको विश्वास छ । पोखरामा सेवा दिनको लागि हाल ४० जना दर्ता भइसकेको कम्पनीले जनाएको छ ।     

हाल सजिलो सेवामा आबद्ध भएर आफ्नो सेवा प्रदान गर्दा सेवाप्रदायकले  मासिक २०,००० रुपैयाँदेखि १५०,००० रुपैयाँसम्म कमाउन सक्ने कम्पनीको दाबी छ । यसको साथै कम्पनीले सेवाग्राहीको लागि विभिन्न अफर पनि ल्याएको छ । सेवाग्राहीले पहिलो तीन महिनासम्म सजिलो सेवाको एपमार्फत  अर्डर गर्दा “sajiloapp” प्रोमो कोड प्रयोग गरेर ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 
 

पछिल्लो अध्यावधिक: मंसिर २१, २०७९ १२:५०