काठमाडौं । रियलमी टेन सिरिजको नयाँ मोडेल सार्वजनिक भएको छ । कम्पनीले रियलमी टेन लाइनअपको नयाँ मोडेल 'रियलमी टेन एस' सार्वजनिक गरेको हो ।
यसअघि यो सिरिजको रियलमी टेन फोरजी, रियलमी टेन फाइभजी, रियलमी टेन प्रो र रियलमी टेन प्रो प्लस सार्वजनिक भइसकेको छ । अब भने यही सिरिजमा कम्पनीले नयाँ मोडेल सार्वजनिक गरेको हो ।
यो फोनमा मुख्य विशेषताका रूपमा ८ जीबी र्याम छ । प्रयाेगकर्ताले १२८ जीबी वा २५६ जीबीको इन्टर्नल स्टोरेज भेरियन्टमा फाेन खरिद गर्न सक्नेछन् । त्यस्तै इन्टर्नल स्टोरेजलाई १ टीबीसम्म बढाउन मिल्छ ।
फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहितको डुअल क्यामेरा सेटअप छ । सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामेरा छ । डाइमेन्सिटी ८१० चिप प्रयोग भएको फोनमा ९० हर्ज रिफ्रेस रेटसहितको ६.६ इन्चको फुल एचडी डिस्प्ले छ ।
त्यस्तै ३३ वाट फास्ट चार्जरसहित फोनमा ५,००० एमएएचको ब्याट्री दिइएको छ ।
चिनियाँ बजारमा यो फोनको मूल्य २५६ जीबी स्टाेरेज भेरियन्टकाे १,२९९ युआन (करिब २५ हजार रुपैयाँ) तोकिएको छ भने १२८ जीबी स्टोरेज भेरियन्टकाे मूल्य १,०९९ युआन (करिब २१ हजार रुपैयाँ) तोकिएको छ ।
नेपाली बजारमा पनि याे फाेन चाँडै उपलब्ध हुने अनुमान गरिएकाे छ ।