close

९.७ इन्च डिस्प्ले र ७६०० एमएएच ब्याट्री भएको रेड्मी ट्याब्लेट नेपाली बजारमा, मूल्य २६ हजार

टेकपाना टेकपाना

जेठ १३, २०८३ १३:४६

९.७ इन्च डिस्प्ले र ७६०० एमएएच ब्याट्री भएको रेड्मी ट्याब्लेट नेपाली बजारमा, मूल्य २६ हजार

काठमाडौँ । साओमीले नेपाली बजारमा आफ्नो नयाँ ट्याब्लेट ‘रेड्मी प्याड २ ९.७ इन्च (Redmi Pad 2 9.7") सार्वजनिक गरेको छ । ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको यस मोडेलको मूल्य २५ हजार ९९९ रुपैयाँ तोकिएको छ । 

विद्यार्थी, रिमोट वर्कर र मल्टिमिडिया प्रयोगकर्ताका लागि यो उपयुक्त विकल्प हुने कम्पनीको विश्वास छ ।

ट्याब्लेटमा ९.७ इन्चको टुके (२०४८ x १२८०) रेजोलुसन आईपीएस एलसीडी डिस्प्ले रहेको छ । जसले १२० हर्ज रिफ्रेस रेट, ६०० निट्ससम्मको ब्राइटनेस दिन्छ । यो डिस्प्लेले भिडिओ हेर्न, ई-बुक पढ्न र हल्का मल्टिटास्किङका लागि राम्रो अनुभव दिने कम्पनको दाबी छ ।

ट्याबको डिस्प्लेले ‘TÜV Rheinland Low Blue Light’, फ्लिकर फ्रि लगायतका सर्टिफिकेट प्राप्त गरेको छ ।

क्वालकम स्न्यापड्रागन सिक्स एस फोरजी जेन टु चिपसेटबाट सञ्चालित ट्याबलाई माइक्रोएसडी मार्फत २ टेराबाइटसम्म स्टोरेज विस्तार गर्न सकिन्छ । दैनिक काम, ब्राउजिङ, अनलाइन क्लास र हल्का गेमिङका लागि पर्याप्त भएपनि हेभी गेमिङ वा मल्टिटास्किङका लागि यो डिभाइस उपयुक्त नहुन सक्छ ।

नेपाली बजारमा ग्राफाइट ग्रे र सिल्भर रङ्गमा रेड्मी प्याड २ खरिद गर्न सक्नुहुन्छ । मजबुती र टिकाउपनका लागि यसमा युनिबडी मेटल डिजाइन दिइएको छ ।

यसमा ७,६०० एमएएचको ब्याट्री र १८ वाटको फास्ट-चार्जिङ सपोर्ट सुविधा दिइएको छ । क्यामरातर्फ ८ मेगापिक्सेलको रियर र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

मनोरञ्जनका लागि यसमा हाइ-रेजोलुसन अडियो प्रदान गर्ने ‘इमर्सिभ स्टेरियो स्पिकर्स’ र ३.५ एमएमको हेडफोन ज्याक समावेश गरिएको छ । साओमीकै हाइपरओएस ३ मा आधारित यो ट्याब्लेटले साओमी इकोसिस्टमभित्र सहज र इन्टेलिजेन्ट कनेक्टिभिटीको अनुभव प्रदान गर्ने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: जेठ १३, २०८३ १४:१३