close

नयाँ स्वरुपमा आउँदै नबिल बैंकको मोबाइल बैंकिङ एप, यस्ता छन् मुख्य सेवा

टेकपाना टेकपाना

पुस ७, २०७९ १०:३६

नयाँ स्वरुपमा आउँदै नबिल बैंकको मोबाइल बैंकिङ एप, यस्ता छन् मुख्य सेवा

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप (nBank) परिमार्जित गर्ने भएको छ । ​परम्परागत बैंकिङ प्रणालीलाई डिजिटल बैंकिङमा रूपान्तरण गर्नेगरी बैंकले माेबाइल एप अपडेट गर्न लागेकाे हाे ।

मोबाइल बैंकिङ प्रणालीको स्तरोन्नति गरिएसँगै अब एपबाटै बैंक खाता खोल्ने, डेबिट र क्रेडिट कार्डको प्रक्रिया, युटिलिटी बिल भुक्तानी, डिजिटल लोन, रेमिट्यान्स लगायतका सेवा सहज रूपमा लिन सकिने बैंकले जनाएको छ ।

 आज साँझ ६ बजे एक भर्चुअल कार्यक्रम गर्दै बैंकले परिमार्जित एप सार्वजनिक गर्नेछ । बैंकको फेसबुक पेजमा कार्यक्रमको प्रसारण हुनेछ ।

पछिल्लो अध्यावधिक: पुस ७, २०७९ १०:३६