काठमाडौं । चिकित्सकले लेखेका अक्षर सजिलोसँग बुझ्न अब गुगल लेन्सले सघाउने भएको छ । गुगलले यसका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग गर्ने भएको छ । टेकक्रन्चमा प्रकाशित रिपोर्ट अनुसार चिकित्सकका अक्षर बुझ्ने यस्ताे प्रविधि गुगल लेन्समा उपलब्ध हुनेछ ।
विभिन्न फर्मासिस्टको सहयोगमा विकास गरिने याे एआई फिचरले चिकित्सककाे अक्षर बुझ्न स्मार्टफोनको क्यामेरा प्रयोग गर्नेछ । त्यसपछि चिकित्सकले लेखेका शर्टकट शब्दहरू बुझेर औषधि सुझावका रूपमा हाइलाइट गर्नेछ ।
कागजमा लेखिएका शब्दलाई टेक्स्टमा उतार्ने काममा वर्षौंदेखि सक्रिय गुगलको एआई टुलले अब भने नयाँ सुविधा दिनेछ । गुगल रिसर्च इन्डियाका लागि अनुसन्धान निर्देशक मनिष गुप्ताले कम्पनीको ब्लग पोस्टमा लेखेका छन्, "विडम्बनाको कुरा के हो भने कम्प्युटरहरूलाई डिजिटलाइज गर्न प्रेस्क्रिप्सनहरूलाई गाह्रो बनाउने कुराले हामीलाई बुझ्न गाह्रो बनाएको छ । डक्टरले लेखेका शब्द फार्मासिस्टले बुझ्नका लागि मात्र लेखिएका हुन्छन् ।"
सबै मानिसलाई सहज रूपमा बुझाउन गुगलकाे एआई टुलबाट सहयाेग पुग्ने विश्वास गरिएकाे छ ।