close

भाट–भटेनीमा नेपालपे क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत क्याशब्याक पाइने

asdf

टेकपाना टेकपाना

पुस १०, २०७९ १२:३०

भाट–भटेनीमा नेपालपे क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत क्याशब्याक पाइने

काठमाडौं । भाट–भटेनी सुपरमार्केटमा ग्राहकहरूले अब नेपालपे क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम रु १०० सम्मको) क्याशब्याक प्राप्त गर्न सक्ने भएका छन् । क्याशब्याकको अफर नेपाल भरीका भाटभटेनीका शाखाहरुमा पुष १० देखि माघ १० गतेसम्म उपलब्ध हुनेछ ।

डाइनामिक क्यूआरको रुपमा हालै भाट-भटेनीमा जडान भएको नेपालपे क्यूआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट साथै कनेक्ट आईपीएस मार्फत सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । 

हाल नेपालपे क्यूआरको सुविधा सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, सेलपे, मोरु र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ । 

अन्य बैंक वित्तीय संस्थामा पनि चाँडै नै उपलब्ध हुने कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: पुस १०, २०७९ १३:९