close

गुगल क्यालेन्डरमा बग, आईओएस र एन्ड्रोइड डिभाइसमा आफै इभेन्ट क्रियट हुने

टेकपाना टेकपाना

पुस १०, २०७९ १२:५८

गुगल क्यालेन्डरमा बग, आईओएस र एन्ड्रोइड डिभाइसमा आफै इभेन्ट क्रियट हुने

काठमाडौं । जिमेलमा आउने मेलका आधारमा गुगल क्यालेन्डरमा स्वतः इभेन्ट क्रियट हुने समस्या देखिएको छ । आईओएस तथा एन्ड्रोइड प्रयोगकर्ताले विभिन्न सामाजिक सञ्जालमार्फत गुगल क्यालेन्डरको बग सार्वजनिक गरेका हुन् ।

प्रयोगकर्ताका अनुसार जिमेलमा कसैले सेड्युल सहित पठाएको मेलका आधारमा स्वतः इभेन्ट क्रियट हुने गरेको पाइएको छ । जसले गर्दा कुनै कार्यक्रम नै नभएको अवस्थामा समेत गुगल क्यालेन्डरमा विभिन्न कार्यक्रमको सूची तयार भएर बस्ने गरेको देखिन्छ । 

यसले प्रयोगकर्तालाई झुक्याउने काम भइरहेको प्रयोगकर्ताको गुनासो छ । यो बग आईओएस र एन्ड्रोइड मोबाइलको जिमेल एपसँग कनेक्ट भएको हुनसक्ने आँकलन गरिएको छ । 

डेस्कटप भर्सनमा भने यो किसिमको समस्या देखिएको छैन । अर्कोतर्फ यो एउटा सुरक्षा कमजोरी हो भन्ने यकिन भएपनि समस्या कहाँ हो भन्ने विषयको भने हालसम्म पहिचान हुन समेत सकेको छैन। 

यस विषयमा कम्पनीले पनि हालसम्म कुनै आधिकारिक धारणा दिएको छैन । 

पछिल्लो अध्यावधिक: पुस १०, २०७९ १२:५८