close

रिक्सा र टेम्पोमा पनि क्यूआर भुक्तानी

टेकपाना टेकपाना

पुस ११, २०७९ १९:५३

रिक्सा र टेम्पोमा पनि क्यूआर भुक्तानी

काठमाडौं । ललितपुरमा गुड्ने सफा टेम्पोमा अब क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको छ । सिभिल बैंक लिमिटेडले फोनपेसँगको सहकार्यमा यस्तो सुविधा ल्याएको हो ।

योसँगै भाडा तिर्न नगद बोक्नुपर्ने झन्झटको अन्त्य भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो सेवाको उद्घाटन गरे ।

सिभिल बैंकको सक्रियतामा सुदूरपश्चिम प्रदेशका धनगढी लगायतका विभिन्न चार स्थानमा चल्ने रिक्सामा पनि डिजिटल भुक्तानी सेवा सुरू गरिएको छ ।

यसैगरी महेन्द्रनगर र नेपालगञ्ज क्षेत्रमा चल्ने अटोरिक्साका साथै जनकपुरमा रहेका रिक्सा, चिया पसल र विभिन्न फलफूल पसलमा पनि क्यूआर भुक्तानी सेवा सञ्चालनमा ल्याइएको फोनपेले जनाएको छ ।

पछिल्लो अध्यावधिक: पुस ११, २०७९ १९:५३