close

ईसेवा मनी ट्रान्सफरबाट पैसा पठाउँदा काठमाडौंमा घर जित्ने अवसर

टेकपाना टेकपाना

पुस १५, २०७९ १३:३७

ईसेवा मनी ट्रान्सफरबाट पैसा पठाउँदा काठमाडौंमा घर जित्ने अवसर

काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियान सञ्चालन गरिरहेकाे छ । वैधानिक माध्यमबाट आउने रेमिट्यान्स प्रवर्द्धनका लागि कम्पनीले यो अभियान ल्याएकाे हाे ।

चैत ६ गतेसम्म सञ्चालन हुने अभियानमा विदेशमा रहेका नेपालीको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ । अभियानअन्तर्गत संसारका कुनै पनि मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ईसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् ।

अभियानमा सहभागी भई ईसेवा मनि ट्रान्सफरमार्फत रकम पठाउँदा हरेक महिना एक जनाले छ महिनासम्म आकर्षक पुरस्कारको प्याकेज तथा बम्परमा एक जनाले काठमाडौंमा घर प्राप्त गर्नेछन् ।

''मेरो डिजिटल देश अभियानमार्फत विदेशमा रहेका समस्त नेपालीलाई डिजिटल र वैधानिक माध्यमबाट देशमा रेमिट्यान्स पठाएर देशको आर्थिक उन्नतिमा योगदान पुर्‍याउन यस अभियानबाट सहयाेग पुग्ने विश्वास छ,'' कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने ।

पछिल्लो अध्यावधिक: पुस १५, २०७९ १३:५१