close

भायानेटकी सीईओ पाठकलाई 'लिडरशिप फिमेल अफ द इयर २०२२' अवार्ड

टेकपाना टेकपाना

पुस १५, २०७९ १८:१९

भायानेटकी सीईओ पाठकलाई 'लिडरशिप फिमेल अफ द इयर २०२२' अवार्ड

काठमाडौं । इन्टरनेट सेवाप्रदायक भायानेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) सेवा पाठक बोहरालाई लिडरशिप फिमेल अफ द इयर २०२२ अवार्ड   प्रदान गरिएको छ ।

नेपालको प्रविधि क्षेत्रमा गरेको असाधारण नेतृत्व र योगदानका पाठकलाई एचआरएम लिडरशिप फिमेल अफ द इयर २०२२ अवार्डबाट सम्मानित गरिएको आयोजक संस्था कर्पोरेट क्लब नेपालले जनाएको छ ।

पाठक प्रविधि क्षेत्रमा नेतृत्व गर्ने थोरै महिलामध्ये एक हुन् । १० वर्षअघि वित्त तथा सञ्चालन निर्देशकका रूपमा भायानेट आएकी पाठक सन् २०१८ मा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेकी थिइन् ।

उनको कार्यकालमा भायानेटले आफ्नो इन्टरनेट र आईपीटीभी सेवा देशैभर विस्तार गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: पुस १५, २०७९ १८:१९