close

गुगलमा आईफोनबारे धेरै खोज्छन् नेपाली

टेकपाना टेकपाना

पुस १६, २०७९ १६:३

गुगलमा आईफोनबारे धेरै खोज्छन् नेपाली

काठमाडौं । अंग्रेजी वर्ष सन् २०२२ को आज अन्तिम दिन । गुगलले क्राेम ब्राउजरमार्फत २०२२ मा गुगलमा सर्वाधिक खाेजिएका विषय बाहिर ल्याएकाे छ । रिपोर्ट अनुसार यस वर्ष गुगलमा नेपालबाट आईफोनबारे धेरै सर्च गरिएकाे छ ।

'इन्टरनेट र टेलिकम' विधा अन्तर्गत शीर्ष २५ मध्ये १३ ओटा सर्च आईफोनसँग सम्बन्धित छन् । नेपालीहरूले गुगलमा सबैभन्दा धेरै आईफोनको मूल्यबारे सर्च गरेका छन् । यसअन्तर्गत 'प्राइस अफ आईफोन फोर्टिन प्रो म्याक्स इन नेपाल' भनेर धेरै सर्च गरिएकाे छ ।

यसपछि दोस्रोमा नेपालमा सामसङ एस२२ अल्ट्राकाे मूल्य र तेस्रोमा आईफोन १४ प्रो म्याक्सकाे मूल्यबारे धेरै सर्च गरिएकाे छ । शीर्ष २५ मध्ये आधाभन्दा बढी सर्च आईफोनका बारेमा नै गरिएको छ ।

पछिल्लो अध्यावधिक: पुस १६, २०७९ १६:३