close

फेसबुकले खरिद गर्‍यो स्मार्ट लेन्स निर्माता कम्पनी लक्सएक्सेल

टेकपाना टेकपाना

पुस १७, २०७९ १५:३२

फेसबुकले खरिद गर्‍यो स्मार्ट लेन्स निर्माता कम्पनी लक्सएक्सेल

काठमाडौं । फेसबुकको मुख्य कम्पनी मेटाले स्मार्ट लेन्स निर्माता कम्पनी ‘लक्सएक्सेल’ खरिद गरेको छ । पछिल्लो समय एआर तथा भीआर स्पेसमा लगानी गरिरहेको कम्पनीले थ्रिडी–प्रिटिङ लेन्समा काम गर्दै आएको कम्पनी ‘लक्सएक्सेल’ खरिद गरेको हो ।

‘लक्सएक्सेल’ नेदरल्याण्ड्सको कम्पनी हो । फेसबुकले खरिद गरेसँगै अब यसले कम्पनीको एआर तथा भीआर सेक्सनमा हार्डवेयर तथा सफ्टवेयर निर्माणका लागि काम गर्ने जनाइएको छ । 

सन् २००९ मा स्थापना भएको यो कम्पनीले लामो समय देखि एआर ग्लासका लागि आवश्यक लेन्स निर्माण गर्दै आएको छ । 

यो खरिदबाट कम्पनी उत्साहित भएको भन्दै फेसबुकका फाइनान्सियल कम्युनिकेसन शाखाका प्रमुख रायन मोरेले लक्सएक्सेलको टिम मेटासँग जोडिएसँगै कम्पनीको एआर तथा भीआर तर्फको बिजनेश बलियो हुने अपेक्षा व्यक्त गरेका छन् । 

मोरेले खरिद प्रक्रिया सम्पन्न भएको जानकारी दिएपनि कतिमा खरिद गरिएको, कस्ता–कस्ता सर्तहरू राखिएका छन् भन्ने कुनै पनि विषयमा जानकारी बाहिरिएको छैन । 

पछिल्लो अध्यावधिक: पुस १७, २०७९ १५:३२