close

भारतमा स्मार्टफोनको डिस्प्ले बनाउँदै सामसङ, ५७ अर्ब लगानीमा छुट्टै प्लाण्ट

टेकपाना टेकपाना

माघ ६, २०७६ १८:२४

भारतमा स्मार्टफोनको डिस्प्ले बनाउँदै सामसङ, ५७ अर्ब लगानीमा छुट्टै प्लाण्ट

कुनै समय भारतीय मोबाइल बजारमा पहिलो रोजाइको ब्राण्ड सामसङले भारतमा डिस्प्ले प्लान्ट सञ्चालनमा ल्याउने भएको छ । त्यसका लागि कम्पनीले भारतमा करिब ५७ अर्ब लगानी थप गर्न लागेको हो ।

कम्पनीले भारतको नोयडास्थित हाल आफ्नो प्लान्ट रहेकै स्थानमा डिस्प्ले निमार्ण गर्ने गरी अर्को प्लान्ट सञ्चालनमा ल्याउने तयारी गरेको हो । जसबाट कम्पनीले मोबाइल तथा अन्य इलेक्ट्रोनिक डिभाइसमा प्रयोग हुने विभिन्न किसिमका डिस्प्ले निमार्ण गर्ने जनाएको छ । यसबारे कम्पनीले सोमबार जानकारी गराएको हो ।

यसअघि सन् २०१८ मा सामसङले भारतको नोइडामा आजसम्मकै सबैभन्दा ठुलो मोबाइल निमार्ण प्लान्ट सञ्चालनमा ल्याएको थियो । जसकालागि कम्पनीले ८० अर्ब लगानी गरेको थियो । नयाँ प्लान्ट सञ्चालनमा ल्याएसँगै कम्पनीको उत्पादन क्षमता वृद्धि हुनुका साथै दिल्ली सरकारबाट पाउने कर छुट समेत पाउने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१