close

अस्ट्रेलियाका अग्नीपीडितलाई झण्डै ८ करोड सहायता दिँदा समेत किन भयो अमेजनका मालिक बेजोसको आलोचना ?

टेकपाना टेकपाना

माघ ७, २०७६ १५:३३

अस्ट्रेलियाका अग्नीपीडितलाई झण्डै ८ करोड सहायता दिँदा समेत किन भयो अमेजनका मालिक बेजोसको आलोचना ?

एजेन्सी । गत आइतबार अमेजन कम्पनीका सीईओ जेफ बेजोसले इन्स्टाग्राममार्फत अष्ट्रेलियाका डँढेलो पिडितहरुलाई आफूले ६ लाख ९० हजार अमेरिकी डलर (७ करोड ८३ लाख नेपाली रुपैयाँ बराबर) को सहायता रकम प्रदान गर्ने घोषणा गरे । सहायता रकमको घोषणा लगत्तै इन्टरनेटमा उल्टै उनको आलोचना सुरु भयो । 

९ खर्ब ३६ अर्ब अमेरिकी डलरको बजार रहेको अमेजनका लागि उक्त सहायता रकम निकै सानो भएको भन्दै बेजोसको आलोचना भएको हो । 

फेसबुकले १२ लाख ५० हजार अष्ट्रेलियाली डलर सहयोगको घोषणा गरेको छ भने केइली जेनरजस्ता सेलिब्रिटीले पनि अमेजनले भन्दा धेरै सहायता रकमको घोषणा गरेका छन् । एक महिलाले अनलाइनमा आफ्नो नग्न तस्विर बेचेर अमेजनले कबोल गरेको रकमभन्दा दोब्बर रकम दानको रुपमा जम्मा गर्ने घोषणा गरेकी छिन् । 

बिजनेस इन्साइडरले गरेको अनुमान अनुसार उक्त सहायता रकम बेजोसले २०१८ मा प्रत्येक पाँच मिनेटमा कमाएको पैसा भन्दा कम थियो । यसको आधारमा बेजोसको कूल सम्पत्ति कति बढ्यो भनेर अनुमान लगाउन सकिन्छ । 

त्यसो त बेजोसको सम्पत्तिलाई सम्बन्ध विच्छेद लगायत विभिन्न तत्वहरुले प्रभाव पारेको छ । यी कारणले पनि २०१८ को तुलनामा २०१९ मा उनको सम्पत्तिको वृद्धि दर केही सुस्त रह्यो । फोर्ब्सको हालैको रेकर्ड अनुसार बेजोसको कूल सम्पत्ति अक्टोबर २ देखि जनावरी १३ सम्म ३.५ अर्ब अमेरिकी डलरले वृद्धि भएको उल्लेख छ । 

यसरी हेर्दा उनको सम्पत्ति दैनिक कूल ३ करोड ४० लाख रुपैयाँले वृद्धि भईरहेको देखिन्छ अर्थात प्रति मिनेट २३ हजार ६ सय डलरले उनको सम्पत्ति बढिरहेको छ । वितेका तीन महिनामा बेजोसको सम्पत्ति प्रत्येक आधा घण्टामा औसतले ६ लाख ९० हजारले वृद्धि भएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१