close

यस्तो हुन्छ मोबाइलको कण्डम

टेकपाना टेकपाना

माघ १८, २०७६ १३:३१

यस्तो हुन्छ मोबाइलको कण्डम

यदि तपाईं पब्लिक चार्जिङ स्टेशन प्रयोग गरेर आफ्नो स्मार्टफोन तथा ट्याब्लेट चार्ज गर्नुहुन्छ भने सुरक्षाका लागि सिंकस्टप यूएसबी कण्डम प्रयोग गर्न अत्यन्तै जरुरी हुन्छ । यूएसबी डाटा ब्लकिङ कन्डम एउटा यस्तो उपाय हो जसले तपाईंलाई आफ्नो फोनमा रहेका महत्वपुरण डाटाहरु ह्याकरकाे हातमा पर्न नदिन महत्वपुर्ण भुमिका खेल्छ ।

यस्तो यूएसबी कण्डम मोबाइलको चार्जिङ केबलको पुछारमा जोडिन्छ र सामान्य रुपमा नै चार्ज गर्न मिल्छ । जसले यूएसबी केबल हुँदै ह्याकरले मोबाइलको डाटामा बनाउन सक्ने पहुँचलाई रोक्छ र पावर मात्रै प्रवेश गर्न दिन्छ । यसले तात्ने तथा कुनै आवाज पैदा गर्दैन । सिंकस्टप यूएसबी कण्डमको मूल्य ८ सय रुपैयाँदेखि १४ सय रुपैयाँसम्म पर्न जान्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०