close

ह्वावे, ओप्पो, भिभो र साओमी मिलेर गुगलको एकाधिकार तोड्दै

टेकपाना टेकपाना

माघ २४, २०७६ १३:५१

ह्वावे, ओप्पो, भिभो र साओमी मिलेर गुगलको एकाधिकार तोड्दै

काठमाडौं । विश्व बजारमा कायम गुगल प्ले स्टोरको एकाधिकार तोड्न ह्वावे, ओप्पो, भिभो र साओमी लगनयथमन चिनियाँ मोबाइल निर्माता कम्पनीहरुले एकजुट भएका छन् । अमेरिकाले लगाएको व्यापारिक प्रतिबन्धका कारण ह्वावेले गुगल ‘प्ले स्टोर’ र अन्य सेवाहरु आफ्ना नयाँ उत्पादनमा प्रयोग गर्न पाउँदैन । त्यसैको सामना गर्न ह्वावेले आफ्नै प्ले स्टोर निर्माण गरिसकेको छ ।

त्यसमा अन्य थर्डपार्टी एपलाई ल्याउन उसले ठूलो मात्रामा लगानी समेत गरिरहेको छ । अब भने ह्वावेको उक्त कदममा विश्व मोबाइल बजारका हस्ती ओप्पो, भिभो र साओमीले पनि साथ दिने भएका छन् ।

उनीहरुले एकजुट भएर विदेशी एप डेभलपरहरुलाई आफ्नो प्लेस्टोरमा एकै पटक एप राख्न दिने तयारी गरिरहेका छन् । जसको प्रतिफल ग्लोबल डेभलपरले थप प्लाटफर्म पाउने छन् भने, उनीहरुका लागि विश्व बजारमा आफ्नो पहुँच विस्तार गर्ने थप अवसर खुल्ने छ ।

यसको प्रत्यक्ष असर गुगल प्ले स्टोरको एकाधिकार रहेको बजारमा पर्नेछ । यदि सबै डेभलपरले आफूले बनाएका एप चिनियाँ कम्पनीको एप स्टोरमा राखेको खण्डमा उक्त एप स्टोर गुगल प्ले स्टारेको विकल्पको रुपमा स्थापित हुनेछ ।

ग्लोबल डेभलपर सर्भिस अलाइन्स (जीडीएसए) ले पनि यसमा सहमति जनाइसकेको उल्लेख गरिएको छ । जीडीएसएले डेभलपरहरुलाई कसरी अकाउण्ट बनाउने भन्ने विषयमा जानकारी समेत दिन थालिसकेको छ ।

जीडीएसएका अनुसार पहिलो चरणमा यसको पहुँच नौ वटा देशमा पुग्ने छ । जसमा भारत, इन्डोनेसिया, मलेसिया, रुस, स्पेन, थाइल्याण्ड, फिलिपिन्स र भियतनाम रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०