close

प्रहरीबाटै अन्यायमा पर्नु भयो ? यी नम्बरमा सम्पर्क गर्नुहोस्

युजु खालिङ युजु खालिङ

माघ २५, २०७६ १६:४०

प्रहरीबाटै अन्यायमा पर्नु भयो ? यी नम्बरमा सम्पर्क गर्नुहोस्

काठमाडौं । तपाईं आफू अन्यायमा पर्दा जाने ठाउँ प्रहरी प्रशासन नै हो । तर यदि प्रहरी प्रशासनबाटै तपाईं माथि अन्याय भयो भने चाहिँ कता जाने त ? 

सर्वसाधारण सेवाग्राहीहरुमाथि पर्नसक्ने यस्तो सम्भावित अन्यायको निर्मलिकरण गर्न नेपाल प्रहरीले कम्प्लेन सेलको व्यवस्था गरेको छ । यो उजुरी हटलाइन सेवा हो । प्रहरी कर्मचारीबाटै दुःख पाएको खण्डमा सेवाग्राहीहरुले यो सेवा लिनसक्छन् । यो सेवा लिनका लागि १११३ मा वा ०१४४१०१४४ मा कल गर्नुसकिन्छ । 

प्रहरीले घुस माग्यो, ठगी गर्‍यो, प्रहरी सेवा पाउनु भएन, प्रहरी कर्मचारीले कुनै बदमासी गर्‍यो, उजुरीप्रति प्रहरी नै उदासिन बन्यो वा एक्सन लिन मानेन, जाहेरी लिन नमाने, गलत जाहेरी दर्ता गराए, यस्ता सबै अवस्थामा प्रहरी विरुद्ध नै उजुरी टिपाउने सुविधा प्रहरी प्रधान कार्यालयले दिइरहेको छ । व्यवसायीक ढंगले प्रहरीले काम नगरे, कानुन विपरित थुनामा रोखमा पनि यी नम्बरमा सम्पर्क गरेर उजुुरी दिन सकिन्छ । 

उजुरी पश्चात उक्त त्यसको रिपोर्ट हेडक्वाटरमा राख्नुका साथै सम्बन्धित निकायमा उजुरी पठाइन्छ । उजुरी पश्चात भए गरेका काम, कारावाही, प्रगति र परिणामबारे एसएमएस वा इमेलमार्फत गुनासोकर्ता सेवाग्राहीलाई जानकारी दिने व्यवस्था मिलाइएको छ । 

नेपाल प्रहरीले दुई वर्षअघि नै सुरु गरेको यो सेवाको विषयमा धेरैलाई जानकारी नहुन सक्छ । यद्यपी यो सेवा कार्यान्वयनमा आएपश्चात धेरै प्रहरी कर्मचारीहरु कारावाहीमा परिसकेको कम्प्लेन सेलमा कार्यरत प्रहरी निरीक्षक प्रमोदकुमार यादव बताउँछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०