close

ह्वावेले मोबाइलबाटै व्यक्तिगत जानकारी संकलन गरेको अमेरिकाको आरोप

टेकपाना टेकपाना

माघ २९, २०७६ १३:३६

ह्वावेले मोबाइलबाटै व्यक्तिगत जानकारी संकलन गरेको अमेरिकाको आरोप

एजेन्सी । चिनियाँ सरकारका लागि जासुसीको काम गरिरहको भन्दै अमेरीकाले ह्वावेमाथि लगाएको व्यापारिक प्रतिबन्ध कायमै छ । अमेरिका र ह्वावेबिचको यो बिवाद अझै टुङ्गीएको छैन ।

उल्टै अमेरिका ह्वावेमाथिको प्रतिबन्ध झन् कसिलो बनाउने तयारीमा रहेको छ । व्यापारमा प्रतिबन्ध लगाएको ह्वावेलाई अहिले दिँदै आएको सुविधा समेत कटौती गर्ने तयारीमा अमेरिका रहेको छ ।

यसैबिच अमेरिकाले ह्वावेमाथि अर्को आरोप पनि लगाएको छ । यस अघि पूर्वाधारमार्फत कम्पनीले जासुसीको काम गरिरहेको आरोप लगाएको अमेरिकाले अब भने मोबाइलमै दोष देखाउन थालेको हो । अमेरिकी सरकारका प्रतिनिधिका अनुसार मोबाइलमा प्रयोग गरिएको चिपमार्फत ह्वावेले मोबाइलको नेटवर्कमा पहुँच राख्दै आएको छ ।

अमेरिकी राष्ट्रीय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रियनले ह्वावेले बनाएर बेच्ने उत्पादनमार्फत अनाधिकृत रुपमा प्रयोगकर्ताको डेटा संकलन गरिरहेको प्रमाण रहेको दाबी गरेका छन् । तर, उक्त कार्य कुन–कुन देशमा भइरहेको छ भन्ने विषयमा भने कुनै जानकारी बाहिर आएको छैन् । तर, यो समस्या फोरजी उपकरणमा रहेको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१