close

बिटक्वाइन लिलाम गर्दा अमेरिकालाई १ खर्ब ९३ अर्ब घाटा !

टेकपाना टेकपाना

माघ २९, २०७६ १५:२७

बिटक्वाइन लिलाम गर्दा अमेरिकालाई १ खर्ब ९३ अर्ब घाटा !

एजेन्सी । अमेरिकाले जफत गरेको बिटक्वाइन लिलामी गर्दा करिब १.७ बिलियन डलर अर्थात १९३ अर्ब रुपैयाँ गुमाउने देखिएको छ । यसअघिको बजार मूल्य प्रयोग गर्दै, क्रिप्टोकरेन्सी इन्थुजियास्ट जेम्सन लोपले एउटा ह्याण्डी पोर्टल तयार गरेका छन् । जसले २०१४ देखि विक्रीबाट आएको पैसाको आँकलन गर्दछ । 

अमेरिकी प्रशासनले २०१४ देखि हालसम्मको आपराधिक अनुसन्धानबाट एक लाख ८५ हजार २ सय ३० बिटक्वाइन जफत गरिसकेको छ । कम्पनीले तीन हजार आठ सय १३ बिटक्वाइन भने यो फेब्रुअरीभर लिलामी गर्ने छ । 

बिटक्वाइनको मूल्यले अहिले दश हजार डलर छोएको अवस्थामा यदि अमेरिकी प्रशासनले सही मूल्यमा त्यसलाई लिलामी गरेको भए उसले १.८५ बिलियन डलर बराबरको आम्दानी गर्ने देखिन्छ । तर अमेरिकी प्रशासनले ती बिटक्वाइनलाई प्रति बिटक्वाइन औसत ८१८ डलरमा बिक्री गरेको छ । 

लप्स पोर्टलका अनुसार, उक्त लिलामीबाट अमेरिकी प्रशासनले १५१ मिलियन डलर कमाई गरेको छ । यदि लप्सको आँकडा सही रहेको छ भने अमेरिकी प्रशासनले उक्त बिटक्वाइनलाई होल्ड नगरेर १.७ विलियन रुपैयाँ ठगिएको छ । 

अमेरिका मात्र होइन आपराधिक अनुसन्धानबाट प्राप्त बिटक्वाइनलाई वेलायत प्रहरीले पनि लिलामी मार्फत विक्री गर्दै आएको छ । वेलायतको प्रहरीले गत वर्षको अन्त्यमा बिटक्वाइनको लिलामी गरेको थियो । 

गत सेप्टेम्बरमा हार्ड फोर्कको रिपोर्ट अनुसार विल्सन अक्सनले तीन लाख ६९ हजार रुपैयाँ कमाई गरेको थियो । उसले एउटा बिटक्वाइनलाई ८,३६५ डलर, ०.५ बिटक्वाइन ४,२३६ डलर र ०.२५ बिटक्वाइनलाई २,४२६ डलरमा विक्री गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१