एजेन्सी । हालै सार्वजनिक भएको बहुप्रतिक्षित स्मार्टफोन सामसङ ग्यालेक्सी जेड फ्लिपले एउटा संरचनामा सुधार ल्याएको छ । अघिल्लो वर्ष सार्वजनिक भएको फोन ग्यालेक्सी फोल्डको तुलनामा यो फोनको डिस्प्ले राम्रो छ ।
यो फोनमा प्लास्टिक डिस्प्लेको साटो अल्ट्रा थिन ग्लास यूटीजी प्रयोग भएको छ । यसले गर्दा ग्यालेक्सी जेड फ्लिपको डिस्प्ले ग्यालेक्सी फोल्डको प्लास्टिक स्क्रिनको तुलनामा धेरै बलियो छ । तर फोनको किफायतीको परीक्षण गर्दा भने फरक तथ्य फेला परेको छ ।
चर्चित युट्युव तथा डेस्ट्रोयर ज्याक नेल्सनले यो फोनको किफायतीपन माथि परीक्षण गरेका छन् । उनले गरेको परीक्षणमा यो फोनको डिस्प्ले यसअघिको फोनको जस्तै सजिलै स्क्याच भएको देखिएको छ ।
मोह स्केलमा दोस्रो चरणमा डिस्प्ले स्क्य्राच हुन सुरु भएको थियो । ज्याकका अनुसार यदि उक्त डिस्प्ले ग्लासबाट बनाइएको थियो भने त्यो पाँचौं, छैठौं चरणमा मात्र स्क्य्राच देखिएको थियो ।
जेड फ्लिपको डिस्प्लेमा तेस्रो चरणमा डिपर ग्रुभ्स देखा पर्न थालेको थियो । नेल्सनले उक्त स्क्रिनलाई आफ्नै नङले पनि स्क्य्राच गरेका थिए । साथै उनले उक्त फोनको स्क्रिन सामान्य प्लास्टिकले जसरी तापबाट पनि प्रभावित हुने कुरा भिडियो मार्फत देखाएका छन् ।
नेलसन जेड फ्लिपको डिस्प्लेमा स्क्य्राच रेसिस्टेन्स र ग्लासको स्क्रिनमा जस्तो स्ट्रक्चरल बेनिफिट नभएको बताउँछन् । उनले उक्त फोन प्लास्टिक पोलिमरबाट बनाएको र त्यसमा भित्र ग्लास प्रयोग भएको बताएका छन् ।
कम्पनीले उक्त डिस्प्लेमा अल्ट्रा थिन ग्लास प्रयोग भएको बताउँदै आएको छ । तर यदि यो गलत हो भने यसले कम्पनीको छवीमा ठूलो धक्का दिनेछ ।
द भर्जले लेखेको छ, ‘सामसङको यो पहिलो यस्तो प्रकारको स्क्रिन यूटीजी प्रविधि यसअघिका ग्यालेक्सी फोनको डिभाइसको भन्दा फरक छ । यो डिस्प्ले मोडिने हुने हुँदा यसलाई राम्ररी ह्याण्डल गर्नुपर्छ ।’
परीक्षणको भिडियो
यो फोनको डिस्प्ले जतिसुकै कमजोर देखिए पनि अहिलेसम्म बनेको फोल्डेबल फोनमा यो एउटा बलियो फोन रहेको नेलसन बताउँछन् । फोनको मोडिनेपनाको परीक्षण हेर्दा यो फोनले राम्रो परफर्म गरेको पाइएको छ ।
नेलसनले यो फोनको नयाँ हिङ डिजाइनको पनि तारिफ गरेका छन् । यो डिजाइनका कारण फोनमा धुलो नफस्ने उनले बताएका छन् । मोटोरोलाको राजर क्लामसेलजस्तो यो फोन फोल्ड हुँदा यसको स्क्रिन लिफ्ट हुँदैन ।