काठमाडौं । डिजिटल वित्तीय सेवालाई विस्तार गर्ने उद्देश्यका साथ फोन-पेले काठमाडौंको सुन्धारा स्थित सिभिल मलमा मोबाइल बैंकिङ मेला आयोजना गर्ने भएको छ । फेब्रुअरी र मार्चमा गरी राजधानी प्रमुख मलहरूमा मेला आयोजना गर्ने योजना अन्तर्गत आइतबार सिभिल मलमा हुने भएको हो ।
मोबाईल बैंकिङ मेला एउटा आकर्षक अन्तरक्रियात्मक कार्यक्रम हो । जहाँ विभिन्न खेलहरुमार्फत सहभागीले विभिन्न पुरस्कार जित्न सक्छन् । मलमा आउने मानिसमा ‘स्पिन द वील’ बोनान्जा आकर्षणको केन्द्रको रुपमा रहनेछ ।
सहभागी सबैले फेन्सी सामाग्रीका साथै तत्काल मोबाइल टपअप जस्ता उपहार जित्न सक्नेछन् । मेलामा सहभागी मध्येबाट एक जनाले बम्पर उपहारका रूपमा ५० हजार रूपैयाँ जित्ने आयोजकले जनाएको छ ।
यसबाहेक योजनामा सहभागीहरू फोन पेको अर्को अभियान ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनामा समेत सहभागी हुन सक्नेछन् । कुनैपनि मोबाइल बैंकिङ प्रयोगकर्ताले आफनो बैंकको मोबाइल बैंकिङ एप मार्फत क्यूआर स्क्यान टु पे मार्फत कारोबार गरी यस योजनामा सहभागी हुन सक्नेछन् । जनवरी २ देखि सुरू भएको यो योजना जुलाई २ सम्म चल्ने कम्पनीले जनाएको छ ।
उपहार विजेता दैनिक, साप्ताहिक र मासिक रुपमा घोषणा गरिनेछ । दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत रकम क्यास ब्याकको रुपमा प्राप्त गर्नेछन् । यस्तै पाँच वटा मर्चेन्टले आकर्षक उपहार प्राप्त गर्नेछन् ।
यसैगरी हरेक साता एक जना ग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाइल फोन जित्न सक्नेछन् । यो उपहार योजनामा हरेक महिना एक जना ग्राहक र मर्चेन्टले डिजिटल लक्की ड्र मार्फत दुबई ट्रिप जित्न सक्नेछन् ।
मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले मोबाइल मेलामा सहभागिता जनाई ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका साप्ताहिक विजेतालाई २५ हजार रूपैयाँ बराबरको मोबाइल फोन हस्तान्तरण गरेकी छन् ।
फोनपेले भर्खरै राजधानीको चावहिल स्थित केएल टावरमा आयोजना गरेको दोस्रो मोबाइल बैंकिङ मेला सम्पन्न भएको छ । यसअघि यो मेला पहिलो पटक आईप्लेक्स मलमा भएको थियो ।