close

पीओएस मेसिनबाट हुने भुक्तानीमा अतिरिक्त शूल्क लिन नपाइने व्यवस्था कार्यान्वयनमा

टेकपाना टेकपाना

फागुन २०, २०७६ १०:२३

पीओएस मेसिनबाट हुने भुक्तानीमा अतिरिक्त शूल्क लिन नपाइने व्यवस्था कार्यान्वयनमा

प्वाइन्ट अफ सेल मेसिनमार्फत कारोबार गर्दा ग्राहकसँग अतिरिक्त शूल्क लिन नपाइने व्यवस्था पूर्ण रुपमा कार्यान्वयनमा आएको छ । आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिको अर्द्ध-वार्षिक समीक्षा प्रतिवेदनमार्फत नेपाल राष्ट्र बैंकले उक्त व्यवस्था कार्यान्वयनमा आएको जनाएको हो ।

यसैगरी भुक्तानी प्रणाली आधुनिकीकरणको महत्वपुर्ण पूर्वाधारको रुपमा रहेको वास्तविक समयको भुक्तानी प्रणाली (आरटीजीएस) पनि सञ्चालनमा ल्याइएको छ । भुक्तानी प्रणाली सुदृढीकरण अन्तरगत केन्द्रीय बैंकले मोबाइल र इन्टरनेटमार्फत भुक्तानी सेवा विस्तार गरी दूर्गम स्थानहरुमा वित्तीय पहुँच पुर्‍याउन भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई प्रोत्साहन गर्दै आएको छ।

राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने भुक्तानीलाई अभिवृद्धि गर्ने नीति लिएको छ । जसअनुसार कार्ड तथा विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको मूल्य भुक्तानी गर्दा बीजकमा उल्लिखित मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम सोझै भुक्तानीकर्ताको बैंक खातामा जम्मा हुने व्यवस्था समेत कार्यान्वयनमा आइसकेको छ ।

हाल बैंक तथा वित्तीय संस्था बाहेक ९ भुक्तानी प्रणाली सञ्चालक र १० भुक्तानी सेवाप्रदायकलाई राष्ट्र बैंकले कारोबारको अनुमति दिइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०