सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले मन्त्रालयका सचिव दीपक सुवेदीलाई फोन गर्दै कल टेस्ट प्रविधिको उद्घाटन गरेका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमका बीच मन्त्री खतिवडाले टेलिकम कम्पनीहरुको गुणस्तर मापन प्रणालीको थालनी गरेका हुन् ।
कलटेस्टसँगै प्राधिकरणले तयार पारेको इन्टरनेट स्पीड टेस्ट एपको समेत सुरुवात भएको छ । नेपालको दूरसञ्चार क्षेत्रलाई नियमन र व्यवस्थित गर्न स्वायत्त संस्थाको रुपमा प्राधिकरण गठन भएको २२ पर्ष पुरा भएको छ ।