एजेन्सी । अष्ट्रेलियाको गोपनीयता सम्बन्धी नियामकले सामाजिक सञ्जाल फेसबुक विरुद्ध मुद्दा दायर गरेको छ । ३ लाख भन्दा बढी नागरिकको जानकारी बिना सूचना राजनीतिक परामर्शदाता कम्पनी ‘क्याम्ब्रिज एनालिटिक’ लाई उपलब्ध गराएको भन्दै फेसबुक विरुद्ध संघीय अदालतमा मुद्दा दायर गरिएको हो ।
अदालतमा अष्ट्रेलियाका सूचना आयुक्त एन्जेलिन फाल्कले फेसबुकबाट ३ लाख ११ हजार एक सय २७ जनाको जानकारी राजनितिक प्रोफाइलको लागि उपलब्ध गराएएको अध्ययनबाट देखिएको बताएकी छिन् । उनले कस्तो खालको जानकारी फेसबुकले क्याम्ब्रिज एनालिटिकलाई उपलब्ध गराएको हो भन्ने विषयमा एकिन तथ्याङ् भने नभएको बताइन् ।
उनका अनुसार फेसबुकले ‘दिस इज डिजिटल लाइफ’ कार्यक्रम अन्तरगत डाटा उपलब्ध गराएको हो । त्यसैले पनि आफ्ना नागरिकको गोपनीयताको लागी यो मुद्दा दायर गरिएको हो । उक्त मुद्दाले फेसबुकलाई ठूलो घक्का लाग्ने देखिएको छ ।
अष्ट्रेलियाको गोपनीयता सम्बन्धी कानूनको आधारमा फेसबुकलाई प्रत्येक प्रयोगकर्ता बराबर १.७ मिलियन अष्ट्रेलियन डलर अर्थात १.१ मिलियन अमेरिकी डलर जरिवाना गर्न सक्ने उल्लेख गरिएको छ ।
यसआधारमा हेर्ने हो भने फेसबकुले ३ लाख ११ हजार एक सय २७ प्रयोगकर्ताका लागि ५२९ अर्ब अष्ट्रेलियन डलर अर्थात ४१३ खर्ब ७८ अर्ब ३८ करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने हुनसक्छ ।