close

कोरोनाभाइरस विरुद्ध लड्न अमेरिकालाई ज्याकमाको सहयोग

टेकपाना टेकपाना

चैत १, २०७६ १२:३२

कोरोनाभाइरस विरुद्ध लड्न अमेरिकालाई ज्याकमाको सहयोग

एजेन्सी । चिनियाँ अर्बपति तथा अलिबाबाका सहसंस्थापक ज्याक माले अमेरिकालाई पाँच लाख कोरोनाभाइरस टेस्ट किट र १० लाख मास्क सहयोग गर्ने घोषणा गरेका छन् । त्यससँगै उनले वर्तमान स्वास्थ्य संकटकाल विरुद्ध लड्न अन्तर्राष्ट्रिय सहयोगका लागि समेत अपील गरेका छन् ।

ज्याक माको अग्रसरतामा सुरु भएको उनको निजी परोपकारी संस्था र अलिबाबा फाउण्डेसनबीचको सहकार्यमा भर्खरै मात्र जापान, कोरिया, इटाली, इरान र स्पेनलाई राहत सामग्री हस्तान्तरण गरिएको थियो ।

फेब्रुअरीमा अमेरिकाको संघीय सरकारले त्रुटिपुर्ण किट वितरण गरेका कारण कोरोना भाइरसको परीक्षणमा बाधा उत्पन्न भएको थियो । जसका कारण केही नतिजा गलत निस्किएका थिए । परीणाम स्वरुप अहिले विश्वभर १२२,००० जनामा कोरोना संक्रमण देखिँदा अमेरिकामा मात्रै यस्तो संख्या १,६६० पुगेको छ । र अमेरिकाले देशमा स्वास्थ्य संकटकालको घोषणा समेत गरिसकेको छ ।

ज्याक माले भाइरस फैलिनबाट रोक्न सही तथा तीब्र परीक्षण अनि स्वास्थ्यकर्मीहरुको पर्याप्त व्यक्तिगत सुरक्षा उपकरण प्रभावकारी हुने बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१