close

यस्तो छ एन्ड्रोइड इलाभेनको डेभलपर प्रिभ्यू

टेकपाना टेकपाना

चैत ८, २०७६ १३:११

यस्तो छ एन्ड्रोइड इलाभेनको डेभलपर प्रिभ्यू

एजेन्सी । गूगलले बुधबार एन्ड्रोइड इलाभेनको दोश्रो डेभलपर प्रिभ्यू सार्वजनिक गरेको छ । पहिलो प्रिभ्यू जस्तै रहेको दोश्रो संस्करण पनि डेभलपर्सहरुका लागि मात्र भएको गूगलले बताएको छ । 

यो वायरलेस अपडेटको रुपमा उपलब्ध नहुने बताइएको छ । यसलाई प्रयोग गर्न डेभलपरहरुले म्यानुअल्ली डाउनलोड गर्नुपर्ने हुन्छ । साथै हाल पिक्सेल टु, थ्री, थ्रीए र फोरमा सिमित रहेको सपोर्टेड डिभाइसलाई फ्ल्यास गर्नुपर्ने हुन्छ ।

तर दोश्रो संस्करणले कुनै पनि आकर्षक फिचर भने ल्याएको छैन । अघिल्लो संस्करण प्रिभ्यूमै रहेका फिचरहरु यसमा छन् । 

धेरै भागमा नयाँ एपीआईएस अर्थात् एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस र अन्य डेभलपर फिचरहरु पनि रहेका छन् । तर आगामी दिनमा आउने संस्करणहरुमा युजर फेसिङ अपडेटहरु आउने अपेक्षा गरिएको छ । 

यो पछिल्लो संस्करणको ओपरेटिङ सिस्टमले नयाँ अनुभव दिलाउने गूगलका भीपी अफ इन्जिनियरिङ डेभ बुर्कको भनाई छ । यसमा सिमलेस फाइभजी कनेक्टिभिटी छ । जसले नयाँ स्क्रिनभित्र, स्मार्ट किबोर्ड र फास्ट म्यासेजिङबीच युजर इन्टरफेसलाई समाहित गरेको छ ।   

दोश्रो प्रिभ्यूमा भएको नयाँ फिचर भनेको यसमा फाइभजी स्टेट एपीआई हो । जसले प्रयोगकर्तालाई तत्कालिन समयमा फाइभजी नेटवर्कमा छ वा छैन भन्ने कुरा हेर्न मद्दत गर्छ । जसले गर्दा डेभलपरलाई फाइभजी नेटवर्क आवश्यक हुने अनुभवलाई एक्टिभेट गराउन मद्दत गर्छ । 

यसमा भएको नयाँ एपीआईको कारण यो फोल्डेबल डिभाइसहरुका लागि पनि एकदमै उपयुक्त छ । यसमा भएको नयाँ एपीआईले हिंग एजर सेन्सरमा भएको डेटाहरु पनि अध्ययन गर्नसक्छ । स्क्रिनिङ रोबोकल्स तथा विभिन्न रिफ्रेस रेटहरुलाई सपोर्ट गर्ने नयाँ एपीआईहरु पनि यसमा छन् । 

यस्तै आफ्नो एपहरुमा न्युरल नेटवर्क प्रयोग गर्ने डेभलपरहरुका लागि एन्ड्रोइड इलाभेनमा नयाँ ‘हार्ड स्विस अप’ फंसन रहेको छ जसले अन डिभाइस मोडललाई फास्ट बनाउनुका साथै एक्युरेट ट्रेनिङ पनि दिन्छ । 

यसमा भएका धेरै अपडेटहरु डेभपर केन्द्रीत रहेका छन् । तर प्रयोगकर्ताको ध्यान खिच्नसक्ने एउटा फिचर ‘रिजुम अन बूट’ पनि हो ।

जब एन्ड्रोइड इलाभेनमा रातभर वायरलेस अपडेट रिबूट हुन्छ, यसले तत्कालै क्रेडेन्सियल इन्क्रिप्टेड स्टोरेजमा एक्सेस बनाउन सक्छ र म्यासेज रिसिभ गर्न थाल्छ । हाल अधिकांश भर्सनमा तपाईले आफ्नो क्रेडेन्सियलमा लग ईन नगरेसम्म फोनहरु निष्कृिय अवस्थामा रहन्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६