close

यसरी नेपालमै दैनिक उत्पादन भइरहेको छ, ७० हजार मास्क (भिडियो सहित)

टेकपाना टेकपाना

चैत १३, २०७६ २१:३२

यसरी नेपालमै दैनिक उत्पादन भइरहेको छ, ७० हजार मास्क (भिडियो सहित)

काठमाडौं । कोरोना भाइरस संक्रमणले मास्क अभाव भएपछि व्यवसायी दीपक मल्होत्राले नेपालमै मास्क उत्पादन थालेका छन् ।  नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा मल्होत्राले दैनिक ७० हजार मास्क उत्पादन गर्न थालेका हुन् । 

मास्क उत्पादनका लागि केही दिन अघि मात्र विदेशबाट मेसिन नेपाल ल्याइएको हो । उत्पादन भइरहेका डिस्पोजेबल मास्कको वितरण समेत सुरु भइसकेको छ । 

बुधबार मात्रै स्वास्थ सेवा बिभागलाई पचास हजार थान मास्क उपलब्ध गराइएको छ । साथै केही निजि अस्पतालहरुमा समेत मास्क वितरण गरिएको छ ।

अबको केही दिनमा उनले उत्पादन गरेका मास्क बजारमा आउँदैछन्। आफूहरुले मास्क उत्पादन सुरु गरेपछि बजारमा मास्कमा भैरहेको कालोबजारी पनि अन्त्य हुने मल्होत्राको दाबी छ । उक्त मास्कको मूल्य ५ रुपैयाँ पर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६