close

कोभिड–१९ बारे जानकारी दिन मेडिकोले सुरु गर्‍यो हटलाइन सेवा

टेकपाना टेकपाना

चैत १५, २०७६ १६:६

कोभिड–१९ बारे जानकारी दिन मेडिकोले सुरु गर्‍यो हटलाइन सेवा

काठमाडौं । कोभिड–१९ अर्थात कोरोना भाइरसको बिषयमा जानकारी दिन मेडिको नेपालले हटलाइट सेवा सुरु गरेको छ । मानिसहरुमा कोरोनाबारे आधिकारीक जानकारी दिन मेडिको नेपालले आफ्नो वेबसाइट र एपबाट यस्तो सेवा सुरु गरेको हो ।

मेडिको नेपालले आफ्नो वेबसाइटमोबाइल एपबाट जिज्ञासा सुनेर स्वास्थ्यकर्मीबाट सुझाव दिन सकिने व्यवस्था मिलाएको छ । यस्तै, वेबसाइट र एपमा राखिएको हटलाइन नम्बरमा कल गरेर स्वास्थ्यकर्मीसँग सल्लाह समेत लिन सकिने मेडिको नेपालले जनाएको छ ।

त्यसैगरी, वेबसाइट र एपमा कोभिड–१९ सम्बन्धी जानकारीहरु, लक्षण, गर्न हुने तथा नहुने कामहरु, रोकथाम गर्ने तरिका, रोग फैलिन नदिने उपाय, खान हुने तथा नहुने कुराहरु जस्ता सूचनाहरु पनि राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६