close

एप्पलले खरिद गर्‍यो मौसम सम्बन्धी एप ‘डार्क स्काई’, अब एन्ड्रोइडमा उपलब्ध नहुने

टेकपाना टेकपाना

चैत १९, २०७६ १५:२७

एप्पलले खरिद गर्‍यो मौसम सम्बन्धी एप ‘डार्क स्काई’, अब एन्ड्रोइडमा उपलब्ध नहुने

काठमाडौं : आईफोन निर्माता कम्पनी एप्पलले माैसमकाे जानकारीका लागि चर्चित एप ‘डार्क स्काई’ खरिद गरेको छ । यससँगै आउँदो जुलाई बाट उक्त एप एन्ड्रोइड प्रयोगकर्ताले यो प्रयोग गर्न नपाउने भएका छन् ।

यसको बारेमा डार्क स्काईले आफ्नो वेबसाइटमार्फत जानकारी दिएको छ । कम्पनीले लेखेको छ, ‘आईओएसका हालका प्रयोगकर्तामा कुनै परिवर्तन हुने छैन । तर, एन्ड्रोइड प्रयोगकर्ताको लागि भने यो सूचना त्यति राम्रो छैन । किनभने अबको केही महिनापछि बाट यो एप एन्ड्रोइडमा बन्द गरिनेछ ।’

त्यतिमात्रै नभएर हालकै अवस्थाबाट एप्लिकेसन प्रोग्राम इन्टरफेस (एपीआई) को लागि नयाँ साइनअप एसेप्ट नगरिने उल्लेख समेत गरिएको छ । कम्पनीले एपीआईको विषयमा भने सने २०२१ को अन्त्यबाट सुरु गरिने प्रतिवद्धता जनाएको छ ।

डार्क स्काई पहिलो त्यस्तो एप हो, जसले मानिस रहेको लोकेसनको आधारमा मौसमको जानकारी दिनेगर्छ । अन्य एपले जस्तो कुनै निश्चित स्थान अथवा सहरको आधारमा मात्रै यसले जानकारी नदिने भएकाले पनि यो धेरैले रुचाएको एपमा पर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१