close

निकोनको अनलाइन फोटोग्राफी कक्षा अप्रिलसम्म निःशूल्क

टेकपाना टेकपाना

चैत २१, २०७६ १७:५२

निकोनको अनलाइन फोटोग्राफी कक्षा अप्रिलसम्म निःशूल्क

काठमाडौं । क्यामेरा तथा अप्टिक्स निर्माता कम्पनी निकोनले अप्रिल महिनासम्मका लागि निःशूल्क फोटाग्राफी कक्षा सुरु गरेको छ । ‘यो कक्षा १५ मिनेटदेखि एक घण्टासम्मको हुनेछ ।

कक्षाको लागि सामान्यतया शूल्क तिर्नुपर्ने हुन्छ । तर, अहिलको कोरोनाभाइरसको महामारीको अवस्थामा भने निःशूल्क उपलब्ध गराइएको निकोनले आफ्नो वेबसाइटमार्फत जानकारी गराएको छ ।

कोरोना भाइरसको महामारीको समयमा निःशूल्क कक्षा दिने यो एउटा अर्को उदाहरण मात्रै हो । किनभने विभिन्न संस्थाले यो समयमा निःशूल्क रुपमा अनलाइन कक्षा प्रदान गरिरहेका छन् ।

‘फोटाग्राफी हरेक समयमा कथा भन्ने माध्यम हो,’ डिजिटल क्यामेरा वर्ल्डसँग निकोनका कार्यकारी उपाध्यक्षले भनेका छन्, ‘यो समयमा पनि धेरै कथा आउन बाँकी नै छन् । त्यसैले हामी त्यस्ता स्टोरी बाहिर ल्याउनका लागि सहयोग गर्न चाहान्छौं । त्यसैले हामीले निःशूल्क रुपमा अनलाइन कक्षा सुरु गरेका हौं ।’

निकोनको निःशूल्क अनलाइन कक्षाका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१