काठमाडौं । दक्षिण कोरियाले कोरोना संक्रमणको मामिला ९० प्रतिशतसम्म कम गरिसकेको छ भने कोरोनाको कारणले हुने मृत्युमा पनि अंकुश लगाएर विश्वलाई एउटा उदाहरण पेश गरेको छ ।
दक्षिण कोरियाको सहर डेगुमा एकजना ६१ वर्षीया महिला टाउको दुखेको उपचपार गराउन अस्पताल पुगिन् । अर्को हप्ता दिउँसको खाना खाने समयमा उनले आफ्ना साथीहरुसँग भेटघाट गर्थिन् । त्यस अवधिमा उनी दुईपटक चर्च पनि गएकी थिइन् ।
जहाँ प्रार्थनाको समयमा सयौं मानिसहरुको उपस्थिति थियो । दश दिनपछि परीक्षणको क्रममा ती वृद्धा महिलालाई कोरोना भाइरस संक्रमण भएको थाहा भयो ।
दक्षिण कोरियामा कोरोना संक्रमणको यो ३१ औं केस थियो । यसअघि देखापरेका ३० मामिलाहरु चीनबाट फर्किएका र उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुलाई कोरोनाको संक्रमण देखिएको थियो । तर ३१ औँ मामिलामा त्यस्तो केही पनि थिएन ।
यसबाट थाहा भयो कि दक्षिण कोरियामा कोरोना भाइरस खुलेआम घुमिरहेको छ र नयाँ संक्रमणको बाढी आउँदैछ । एकदिनमा ९ सयसम्म कोरोनाभाइरसका नयाँ बिरामीहरु देखा परिरहेका थिए । तर त्यसपछि दक्षिण कोरियाले कोरोना भाइरसमाथि लगाम लगायो ।
संक्रमणका नयाँ मामिलाहरु एकदमै कम आउन थाले । आज सबैको मनमा यो प्रश्न उठिरहेको छ कि आखिर दक्षिण कोरियाले यो सबै कसरी सम्भव तुल्यायो ?
१. प्रविधि र परीक्षण
दक्षिण कोरियाको राजधानी सियोलस्थित बीबीसी संवाददाता लौरा बेकर भन्छिन्, ‘प्रत्येक दिन म रोग नियन्त्रण केन्द्रका प्रमुखलाई हेर्थेँ । उनी पछिल्लो दुई महिनायता प्रत्येक दिन देशलाई बिफ्र गर्दैछन् । उनको अनुहारमा थकान देखिन थालेको छ । कपाल पनि फूल्न थालिसकेको छ ।’
कोरोना भाइरसको संक्रमण फैलिरहँदा लौरा बेकर दक्षिण कोरियामै थिइन् । यो वर्षको जनवरीमा जब चीनबाट कोरोनाभाइरसको संक्रमण फैलिएको खबरहरु आउन थाल्यो, दक्षिण कोरियाले तत्काल तयारी अगाडि बढायो ।
लौराका अनुसार त्यतिखेर दक्षिण कोरियामा एउटा पनि कोरोनाको मामिला देखा परेको थिएन । तर फेरी पनि त्यहाँ सयओटा नयाँ प्रयोगशालाहरु बनाइए । ताकी आवश्यक परेको समयमा धेरै भन्दा धेरै परीक्षण गर्न सकियोस् ।
प्रशिक्षित चिकित्सकहरुलाई पनि तयारी अवस्थामा राखियो ताकी आवश्यक परेको खण्डमा उनीहरुलाई जहाँसुकै परिचालन गर्न सकियोस् । सबै सरकारी संयन्त्रलाई पनि पुरै परिचालन गर्न थालिएको थियो ।
त्यसपछि २० जनवरीमा दक्षिण कोरियामा कोरोना भाइरसको पहिलो मामिला देखा पर्यो । ती व्यक्ति चीनका नागरिक थिए र उनले वुहानको यात्रा गरेका थिए । खतराको पहिलो घण्टी बजिसकेको थियो ।
मानिसहरु कहाँ कति संक्रमित छन् र कता संक्रमण हुने खतरा छ, त्यो थाहा पाउनका लागि फेब्रुअरी सुरु हुँदैगर्दा दक्षिण कोरियामा नागरिकहरुमाथि ठूलो मात्रामा परीक्षण सुरु भयो । तर त्यो समय सबैको नजर ३१ औं विमारीमाथि नै थियो । र यसको ठूलो कारण थियो ।
चर्चका करिब दश हजार सदस्यहरु ३१ औं विमारीसँग सम्पर्कमा आएको आशंका गरिएको थियो । त्यो बेला सरकारले किन सयभन्दा धेरै प्रयोगशाला स्थापना गरिएको थियो, किन चिकित्सलाई तयारी अवस्थामा राखिएको थियो र किन प्रत्येक दिन बिफ्रिङ गरिँदै थियो भन्ने कुरा स्पष्ट भयो ।
अगाडि के हुने वाला छ, भन्ने कुराको तस्विर दक्षिण कोरियालाई छर्लङ्गै थाहा भइसकेके थियो । दक्षिण कोरियाले २०१५ मा मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम अर्थात् मर्सको सामना गरिसकेको थियो । त्यतिखेर मर्सका कारण कोरियामा ३८ जनाले ज्यान गुमाएका थिए ।
मर्सबाट दक्षिण कोयिाले संक्रमण कसरी फैलिन्छ र यस्ता मामिलामा संक्रमितलाई बाँकी मानिसहरुबाट अलग्याउन कति आवश्यक छ भन्ने कुराको पाठ सिकिसकेको थियो । यसैबीच हजारौं मानिसको कोरोना परीक्षण गरियो ।
त्यो समय दक्षिण कोरियामा कम्तिमा तीन लाख मानिसहरुको परीक्षण गरियो । त्यो समय जजसमा संक्रमण पाइयो, उनीहरुलाई बाँकी स्वस्थ मानिसहरुबाट अलग्याएर राखियो ।
२०१५ मा मर्सको मामिला देखा परेपछि त्यहाँ नयाँ कानून बनेको थियो । उक्त कानूनले सरकारलाई धेरै अधिकार दिएको थियो । त्यो अधिकारअन्तर्गत रहेर सरकारले संक्रमण भएका नागरिकको मोबाइल फोन, क्रेडिट कार्ड र अन्य धेरै डेटाहरु कब्जा गर्न सक्छ ।
यसबाट सरकार ती नागरिकको हरेक अवस्थाको बारेमा अपडेटेड हुन पाउथ्यो । नागरिक कहाँ छन्, के गर्दैछन्, कोसँग भेटघाट गरे, ती सबै कुरा थाहा पाउन सकिन्थो । फेरी त्यस्ता जानकारीलाई सामाजिक सञ्जालमा शेयर गरिन्छ ।
कतिपयले यसलाई गोपनीयताको हनन् मान्छन् । तर यो तरिकाले संक्रमित व्यक्तिको पहिचान सजिलै हुन्छ । परीक्षणमा कोरोना पोजिटिभ पाइएको मान्छेलाई बाँकी मान्छेहरुबाट छुट्याएर राखिन्छ र उनीहरुको मोबाइमा एउटा विशेष किसिमको एप डाउनलोड गरेर राखिन्छ ।
पीएसमा आधारित त्यो एपले यदि कुनै संक्रमित व्यक्ति आफ्नो घेराभन्दा बाहिर निस्कन्छ, तब त्यो व्यक्तिको मोबाइल र उसको निगरानी गरिरहेको सरकारी अधिकारीको मोबाइलमा पनि एउटा अलर्ट बज्छ । यसबाट त्यो व्यक्तिको लोकेसन पनि ट्र्यास हुन्छ ।
मोबाइल स्वीच अफ गर्दा समेत यो अलर्टबाट कोही पनि बच्न सक्दैन । यसरी परीक्षण र प्रविधिको समायोजनबाट दक्षिण कोरियाले कोरोनाभाइरसलाई कमजोर बनाउन सक्ने व्यवस्था तयार गर्न सफल भयो ।
२. खुल्लापन र पारदर्शिता
दक्षिण कोरियाकी विदेशमन्त्री काङ्ग क्युङ्ग्वा अनुसार संक्रमणको समयमा दक्षिण कोरियाको आधारभूत सिद्धान्त भनेको खुलापन, पारदर्शीता र जनतासमक्ष सम्पूर्ण जानकारी पुर्याउनु रह्यो ।
उनको यो दाबी धेरै हदसम्म सही पनि छ । दक्षिण कोरियामा स्वास्थ्य सेवाको जग निकै मजबुत छ । प्रविधिको प्रयोगले यसलाई थप बलियो बनाउन सघाएको छ ।
कोरोनाको मामिलामा छिटोभन्दा छिटो संक्रमणको पत्ता लगाएर संक्रमित व्यक्तिलाई अन्यसँग अलग्याएर उपचार गर्नु एकदमै महत्वपूर्ण छ । दक्षिण कोरियाले यस्तै गर्यो । जसकारण एकदमै कम मानिसहरु कोरोनाको शिकार भए ।
दक्षिण कोरियामा व्यापक मात्रामा परीक्षण भएका कारणले कोरोनाको संक्रमण क्षेत्रहरु पत्ता लगाउन एकदमै सजिलो भयो । कोरियाले यो काम समयमै गरेका कारण उसले अन्य मुलुकले जसरी लकडाउन गर्नु परेन । धेरैभन्दा धेरै अन्तराष्ट्रिय उडानलाई देशबाट जान दिने कोसिस भइरहेको छ ।
कोरोनाभाइरस अहिले विश्वकै समस्या बनेको छ । दक्षिण कोरिया विश्वका धेरैजसो मुलुकहरुसँग अन्तरदेशीय सम्बन्ध भएको मुलुक हो । यहाँका मानिसहरु पर्यटन र व्यवसायका लागि विश्वको हरेक कुनामा आवतजावत गर्छन् ।
यसैमा उसको अर्थव्यवस्था निर्भर छ । यसकारण बाँकी विश्वका मुलुकहरुका लागि दक्षिण कोरिया आफ्नो ढोका खुल्ला राख्न चाहन्छ ।
विश्वका बाँकी मुलुकले पनि दक्षिण कोरियाले जस्तो उपाय अपनाउन सक्छन् त ? पर्याप्त आईटी पूर्वाधार बिना नेपाल लगायत बाँकी विश्वमा यसलाई हुबहु उतार्न सायद सम्भव छैन । तर यस्तो महामारी विश्वमा अन्तिम पटक फैलिरहेको छैन भन्ने कुरा भने याद राख्नु पर्छ ।
‘हामी आशा गर्छौं, महामारीसँग लड्न हामीले प्रयोग गरेको यो विधिले बाँकी विश्वलाई पनि बाटो देखाएको छ,’ दक्षिण कोरियाकी विदेशमन्त्री काङ्ग क्युङ्ग्वा भन्छिन् ।
३. केन्द्रीकृत प्रणाली
दक्षिण कोरियामा शासन व्यवस्था एकदमै केन्द्रीकृत छ । यसले गर्दा चाँडै निर्णय लिन सजिलो हुन्छ । एकपटक फैसला भइसकेपछि त्यसलाई लागु गर्न समय लाग्दैन । यस विपरित अमेरिकामा संघीय प्रणाली छ । जहाँ काम गर्न एकदमै अप्ठ्यारो छ ।
बुसन विश्वविद्यालयका प्राध्यापक रोबर्ट केल्ली दक्षिण कोरियाको शासन व्यवस्था धेरै नै केन्द्रीकृत भएको मान्छन् । जहाँ सबै फैसला राष्ट्रपतिको हातमा हुन्छ ।
अन्य समय यसको निकै आलोचना पि हुने गरेको छ । तर कोरोनासंक्रमणको समयमा कुनै पनि फैसला चाँडो लिने मात्र होइन, त्यसलाई सकेसम्म छिटो रुपम लागू पनि गर्नुपर्छ ।
कोरियाको कर्मचारीतन्त्र एकदमै प्रविधिमैत्री छ । त्यहाँको जीवनशैलीमा उनीहरुको अहम् भूमिका छ । कोरियामा एकदमै साना साना कुराको ध्यान राखिन्छ ।
सरकारको कुरा त्यहाँका नागरिकहरु मान्छन्, जुन दक्षिण कोरियाको संस्कृति बनिसकेको छ । मनिसहरुले सरकारको कुरा मानेरै घरबाहिर निस्कन बन्द गर्छन् ।
तर त्यहाँको सरकारले केही गल्ती नै नगरेको भने होइन । प्राध्यापक केल्लीका अनुसार चीनबाट आउने हवाई उडानहरु रोक्न सरकारले ढिलाई गर्य । त्यसमा राजनीतिक कारण छन् होला । तर सरकारले कोरोनासँग लड्ने जिम्मा आफ्ना वैज्ञानिकहरुलाई दियो ।
अमेरिकामा कोरोनाभाइरसलाई लिएर कस्तो बहस भयो, त्यो विश्वले देखेको छ । कोरोनाभाइरसलाई एक किसिमको जैविक हतियार पनि भनियो । षडयन्त्र भएको होहल्लाहरु अमेरिकामा चलाइयो ।
तर दक्षिण कोरियामा यस्तो कुनै होहल्ला चल्न पाएन । किनभने कोरोनासँग लड्ने जिम्मा वैज्ञानिकहरुको हातमा थियो । जनतालाई वैज्ञानिकमाथि भरोसा थियो ।
केन्द्र तहमा सरकारले चाँडो फैसला लिएर कोरोनाविरुद्धको लडाँई सम्भव भयो । तर स्थानीय तहमा यो कसरी सम्भव भयो त भन्ने एउटा प्रश्न उठ्न सक्छ ।
४. वैज्ञानिक बुझाई
एकजना व्यक्ति ट्याक्सी ड्राइभरका लागि क्याफे चलाउँछन् । कोरोनाभाइरस जब फैलिन सुरु भयो, तब उनी क्याफे जस्ता ठाउँमा कोरोनाभाइरस तीब्ररुपमा फैलिने कुरालाई लिएर चिन्तित भए ।
यसकारण उनले क्याफेको निरीक्षण गर्न तथा त्यहाँ काम गर्ने कर्मचारीहरुसँग कुराकानी गर्न दक्षिण कोरियाका सेल बायोलोजी प्रोफेसर मी जस्टिन फेन्टोजलाई बोलाए । महामारीको समयमा उनले ट्याक्सी ड्राइभरहरुसँग कुराकानी गरेर यसको बारेमा जानकारी दिन थाले ।
चाँडै अन्य व्यक्तिहरुले पनि उनीसँग सम्पर्क बढाए । उनी मानिसहरुलाई जागरुक गर्ने काममा व्यस्त भए । उदाहरणका लागि एक होटल म्यानेजर आफ्नो स्विमिङ पुललाई लिएर निकै चिन्तित थिए ।
उनले प्राध्यापक फेन्टोजलाई बोलाए । उनी यो थाहा पाउन चाहान्थे कि स्वीमिङ पूलका कारणले पनि मानिसहरुमा संक्रमण फैलिन सक्छ ?
लिफ्टको बटन थिच्दा पनि यो संक्रमण फैलिन्छ ?, भनेर मानिसहरु सोध्ने गर्दथे । वैज्ञानिक आधारमा प्राध्यापक फेन्टोजले मानिसहरुको जिज्ञासा शान्त गर्न थाले ।
स्वीमङि पूलको पानीमा क्लोरिन हुन्छ, जसले सबै किसिमको भाइरसलाई नष्ट गरिदिन्छ । कोरोना संक्रमण फैलिने विषय लिफ्टको बटन थिच्दा, त्यसमा रहेको भाइरसको संख्या र थिच्ने मान्छेको प्रतिरक्षा प्रणालीमा निर्भर हुन्छ ।
वैज्ञानिकहरुको यही सल्लाह सुझाव तथा जानकारीका कारण भ्रामक सूचनाहरु फैलिन पाएनन् । दक्षिण कोरियामा नागरिकहरुले कोरियाली युद्ध देखेका छन् ।
उनीहरुमा १९९० को आर्थिक विपत्तिको अनुभव पनि छ । तर यस किसिमको भाइरल प्रकोप धेरैका लागि नौलो अनुभव हो । यसकारण कतिपयलाई यो कुरा सम्झाउन अप्ठ्यारो पनि भएको छ ।
दक्षिण कोरिया वैज्ञानिक बुझाई तथा पूर्वाधारको मामिलामा धेरै अगाडि छ । तर एक ७० वर्षीया महिलाले कोरोना परीक्षण गराउन अस्वीकार गरिन् । ती महिलाले आफू विरामी नभएको भन्दै परीक्षण गराउनुपर्ने कुनै आवश्यकता नरहेको बताइन् ।
त्यो समय उनलाई सम्झाउने जिम्मेवारी प्राध्यापक फेन्टोजलाई दिइयो । कोरियामा पढेलेखेका मानिसहरुको धेरै सम्मान गरिन्छ । प्राध्यापक फेन्टोजले सम्झाएपछि ती महिला परीक्षणका लागि राजी भइन् ।
पाँच करोडभन्दा धेरै जनसंख्या भएको मुलुक दक्षिण कोरियाले कोरोनासँग कुशलतापूर्वक लडाई लडिरहेको छ । उसको पूर्वतयारीको कारण चीन तथा अन्य मुलुकले जसरी उसले लकडाउनको सामना पनि गर्नु परेन ।